समाचार

रोकिएन तनाव : कश्मीर विवादलाई लिएर भारतले नेपाललाई दियो यस्तो जानकारी

काठमाडौं । अहिले तनाबका रुपमा रहेको भारत–पाकिस्तानबीचको तनावबारे भारतले नेपाललाई जानकारी दिएको छ । भारत सरकारले कश्मीर घटनाबारे नेपाल सरकारलाई काठमाडौं र नयाँदिल्लीमा जानकारी गराएको छ । नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराउनु भएको छ भने दिल्लीमा नेपाली राजदूतलाई मन्त्रालय बोलाएर परराष्ट्र सचिवले जानकारी गराएका छन् । कुनै घटना हुँदा छिमेकीलाई जानकारी गराउनु सामान्य कूटनीतिक परम्परा रहँदै आएको छ ।

भारतको संविधानमै जम्मु–कश्मीरलाई दिएको विशेष अधिकार हटाउने निर्णय नरेन्द्र मोदीको सरकारले गरेको छ । राष्ट्रपतिले त्यस्तो निर्णय कश्मीरको विधान सभाको सहमतिमा मात्र गर्न सक्ने व्यवस्था संविधानमा छ । अहिले कश्मीरको विधानसभानै नरहेको अवस्थामा संविधानको भावना विपरित दिल्लीले एकलौटी अधिकार काटेको भन्दै व्यापक विरोध भएको छ । सो निर्णय गरेदेखि नै कश्मीरमा टेलिफोन र इन्टरनेट काटिएका छन् भने कस्मिर सहरभरी कर्फ्यु लगाइएको छ ।

Related Articles

Back to top button
Close