समाचार

पुर्व–राजा ज्ञानेन्द्रलाई लाग्यो चोरीको गम्भीर आरोप

नेपालका महत्वपूर्ण दस्तावेज कहाँ छन् ? सुगौली सन्धिको सक्कली प्रति छ कि छैन ? राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सन्धिसम्झौताका सक्कली प्रति नेपालका सरकारी पुस्तकालयमा नभएको निष्कर्ष निकालेको छ ।

सुगौली सन्धि र नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका विषयमा अध्ययन भइरहेको सरकारले जनाएको छ । राष्ट्रिय महत्त् वको दस्तावेजका विषयमा समितिले मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग जानकारी लिएको थियो । समितिमा मन्त्रीले पनि महत्त् वपूर्ण दस्तावेजबारे स्पष्ट जवाफ दिन सकेनन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाड्दा त्यहाँबाट सबै दस्ताबेज आउन नसकेको शंका गरे ।मन्त्री ज्ञवालीले यी सन्धिसम्झौताका विषयमा सरकारले अध्ययन गरिरहेको बताए ।

‘सुगौली सन्धि, १९५० र १९६५ को सम्झौताका हामीसँग भएको प्रति सक्कली होइन भन्ने प्रश्न आइरहेका छन् । यस विषयमा पहिला हामीसँग भएका दस्तावेज अध्ययन गर्नुपर्छ’, मन्त्री ज्ञवालीले भने, ‘हामीले बेलायतस्थित नेपाली दूतावासबाट त्यहाँको लाइब्रेरीमा भएको नेपालसँग जोडिएका महत्त् वपूर्ण सामग्री खोज्न भनेका छौं र कोलकाताको पुस्तकालयमा पनि त्यस्ता दस्तावेज छन् भने खोज्न भनेका छौं ।’ अन्नपूर्ण पोस्टबाट

यो पनि,
महाधिवेशनमा पराजित भए पनि नेता नेपालले गरेका थिए गज्जबको प्रस्ताव
तत्कालिन नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्ष पदमा हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पराजित भए पनि नेता माधवकुमार नेपालले पुस्तान्तरणको लिखित प्रस्ताव गरेको खुलेको छ ।

दुई समूह बनेर चुनावी स्पर्धामा जाँदा नेपालले आफ्ना गुटसमक्ष गरेको गज्जबको लिखित प्रतिबद्धतालाई मंगलबार नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले खुलासा गरिदिएका हुन् ।१७ जेठ २०७१ म १२ पृष्ठ लामो नीतिगत घोषणा लिखित रूपमा नेपालले सार्वजनिक गरेका थिए ।

उनले भनेका थिए,‘पार्टीमा दोस्रो पुस्ताबाट नेतृत्वको भरपर्दो पंक्ति तयार भइसकेको छ । यो पंक्ति सैद्धान्तिक, राजनीतिक, सांगठनिक, वैदेशिक तथा कूटनीतिक चेतना, सुझबुझ र दक्षताको क्षेत्रमा हामी पहिलो पुस्ताभन्दा कुनै पनि हिसाबले कमजोर छैन । त्यसैले हामी पहिलो पुस्ताका नेताहरु सक्रिय छँदै पार्टीको नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गरौं भन्ने मेरो पहिलो प्रस्ताव छ ।’

यसबीचमा चुनावी तालमेल र राजनीतिक उतारचढावका कारण तत्कालिन माओवादीसँग एकीकरण गरी नेकपा घोषणा भएयता युवा पुस्तालाई पेलेको महशुस हालका नेताले गरेका छन् ।

नेपालले अगाडि भनेका थिए,‘हामी पहिलो पुस्ताको रेखदेख तथा सल्लाह सुझावमा दोस्रो पुस्ताले पार्टीलाई प्रभावकारी तरिकाले सञ्चालन गर्न सक्छ भन्ने मेरो विश्वासका आधारमा मैले उक्त प्रस्ताव राखेको छु ।’

हाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त पदका लागि आलोपालो गर्ने सहमति भएको भनी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्मरण गराएका थिए । तर नेपालले त्यसबेलै भनेका थिए,‘ हामी पहिलो पुस्ताकै नेताहरुका बीचमा आलोपालो गर्ने हो र औपचारिक रूपले नै असैद्दान्तिक तथा अवैचारिक गठबन्धनका आधारमा अल्पतन्त्र चलाउने हो भने पार्टीमा हामीले हुर्काएको नयाँ पुस्ताले आफ्नो योग्यताको प्रदर्शन गर्ने अवसर समेत पाउदैन । त्यस्तो पार्टीले आजको मुलुकको अभिभारा बोक्न सक्दैन ।’

एकीकरणपछि तेस्रो धारका रुपमा नेपालका उदय भइरहेको तथा प्रचण्डसँग नै गठजोड बलियो भएको चर्चा चलिरहेका बेला उक्त प्रतिबद्धतापत्र स्मरण गराउँदै थापाले फेसबुकमा राखेका छन् ।

‘मेरो प्रस्तावमा सहमति हुँदैन भने दशौं महाअधिवेशनभित्रै दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने ग्यारेन्टीका साथ नवौ महाधिवेशनमा पार्टी नेतृत्व सम्हाल्नका लागि तपाईंहरूले गर्नुभएको आग्रहलाई स्वीकार गर्नु म आफ्नो कर्तव्य ठान्दछु’, नेपालले यसो पनि भनेका थिए ।

एकीकरण भएपछिको नेकपाका लागि पनि उक्त सहमति कार्यान्वयनका लागि योग्य हुनसक्ने देखिन्छ । तत्कालिन एमालेका लागि नेकपाको आगामी महाधिवेशन दशौं संस्करण नै हुनेछ भने, माओवादीका लागि दोस्रो हुने निश्चित छ । त्यसअघि केही राष्ट्रिय सम्मेलन गरी प्रचण्ड ३० बर्षदेखि निरन्तर नेतृत्वमा रहँदै आएका थिए ।

Loading...

Related Articles

Back to top button
Close