रोचक

हरेक आमाले आफ्नो छोरीलाई सिकाउनै पर्ने ५ कुरा

एजेन्सी । हाम्रो समाजमा आमालाई भगवान स्वरुप मानिन्छ । संसारभर आमालाई ठुलो सम्मानका साथ हेर्ने गरिन्छ । आमाले घरमा देखाउने जिम्मेवारीलाई जति नै शब्दले वर्णन गरे पनि कम नै हुन्छ । परिवारमा सबैभन्दा ठुलो जिम्मेवारी आमाको भनेको बच्चाबच्चीहरुलाई एउटा राम्रो संस्कार दिनु हो ।

घरमा आमा आफ्ना छोरीका निम्ति अत्यन्तै गम्भिर हुने गर्छन् । उनीहरुको बानी व्यहोरालाई पनि उनीहरुले नजिकबाट नियाली जिम्मेवार बनाउन खोजीरहन्छन् । हरेक आमाले आफ्ना छोरीलाई बताउनै पर्ने ५ कुराहरु

स्वाभिमानःहरेक छोरीलाई बताउन जरुरी छ की छोरी केही बन्न सक्छन् र कसैको भर नपरीकन आफ्नो स्वाभिमानमा खडा हुन् सक्छन् ।आफ्नो काम आफै गर्न सक्नुपर्छस्छोरीले आफ्नो काम आफै गर्न आमाले भन्नुपर्छ । आफ्नो कामको बोझ अरुमाथि थुपार्दा निर्भरता बढ्छ ।

करिअरको महत्वस्आफ्नो खुट्टा उभिन करिअरको ठुलो भुमिका रहेको हुन्छ । पछि गएर कुनै पनि समस्या नहुन पहिला नै करिअरबारे आमाले छोरीलाई बुझाउन सक्नुपर्छ ।
अरुसगँ गरिने व्यवहारस्छोरी ठुली हुदै जादाँ अरुसँग कसरी व्यवहार गरिन्छ यसबारे आमाले विभिन्न रुपमा सम्झाने काम गर्नुपर्छ । छोरीलाई थाहा होस् की कुरा गराइबाट कुन मानिसको नियत कस्ता छ ।

आफ्नो बचाउ गर्नसक्नुपर्छस्पछिल्लो समय युवतीहरुमाथि अत्याचारका घटनाहरु बाहिरी रहेका छन् । यसलाई रोक्न पनि आमाहरुले आफ्ना छोरीहरुलाई यसबारे खुलेर कुरा गर्न सिकाउनुपर्छ । विभिन्न हिंसाका सिकार भएका युवतीहरु चुप लागेर बसेका कारण महिला हिंसाले अस्रय पाएको छ । उनीहरुलाई विभिन्न खाले ट्रेनिङ दिएर आत्मविश्वास बढाउन आमाले सहयोग गर्नु पर्छ। सबैका लागि सेयर गरिदिनुहोला ।

Related Articles

Back to top button
Close