समाचार

एनसेलले आफ्नो अपराध नसच्याए देश निकाला गर्ने विप्लव नेकपाको चेतवानी !

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीले एनसेलले आफनो अपराध नसच्याए थप कारवाही गर्ने चेतावनी दिएको छ। पार्टी प्रवक्ता प्रकाण्डले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएका हुन्।प्रकाण्डले यही साउन १५ गते देशभर एनसेलमाथि आफ्नो पार्टीले कारवाही गरेको जानकारी दिँदै एनसेलले देशको न्यूनतम् कर्तव्य पूरा नगर्ने, कर छली गर्ने, सेवाग्राहीलाई चर्को शोषण गरिरहेकाले आफ्नो अपराध नसच्याएमा थप कारबाहीहरू हुने र उसलाई देश निकाला गर्न जनतासमक्ष अपिल गर्न पार्टी बाध्य हुने समेत बताएको छ। प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो काँधमा देश, जनता र श्रमजीवी जनताप्रतिको जिम्मेवारी छ।

मालेमावादी विचारमा आधारित, वस्तुगत अवस्थामा विकसित नीति, पद्धति र फलामे अनुशासनमा आधारित सच्चा कम्युनिस्ट पार्टी निर्माण, आगामी आन्दोलनको मोर्चामा सुदृढ एवम् प्रभावकारी नेतृत्वको आवश्यक पर्ने क्रान्तिको गहिराइकासाथ मनन गरी पार्टीलाई सुदृृढ र विकास गर्न साहसिक र ऐतिहासिक निर्णय लिएको छ। उक्त निर्णयबाट अत्तालिएका देश र जनताका दुस्मन, दलाल तत्वहरू, छिद्रान्वेषी–षड्यन्त्रकारीहरूले सञ्चार माध्यममा ‘वार्ता पक्षधर तथा विवादास्पद व्यक्तिहरूलाई कारबाही गरेको’ भनी गरिरहेको प्रचारलाई जनक्रान्ति र पार्टी्विरोधी अपराध र षड्यन्त्र ठान्दछ र त्यसप्रकारको कुप्रचार खारेज गर्दछ। त्यस प्रकारको नियोजित षड्यन्त्रबाट प्रभावित नहुन र त्यसको गोटी नबन्न सञ्चार माध्यमहरूसँग अनुरोध गर्दछ।

’विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले एकीकृत जनक्रान्ति कार्य्दिशाको बाटो लिएदेखि नै प्रतिक्रियावादी सत्ता दमन र षड्यन्त्रमा उत्रिएको छ। गत फागुन २८ गते ओली सरकारले हाम्रो पार्टीकाविरुद्ध प्रतिबन्ध लगायो र हत्या–हिंसामा उत्रिएको छ। नेपाली क्रान्ति र जनताको परिवर्तनको चाहनाविरुद्धको दमनले ओली सरकारलाई राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय रूपमा एक्लो पारेको छ। दमन र प्रतिबन्ध सरकारका लागि फाँसीको फन्दा झैँ भएको छ। त्यसै कारण ओली कम्पनीले वार्ताको विषयलाई ‘आफैँ बोक्सी, आफैँ धामी’भने झैँ गरिरहेको छ।

Loading...

Related Articles

Back to top button
Close