समाचार

भारतिय नागरिकलाई नेपाली नागरिकता दिलाउने अधिकारीहरु पर्ने भए फन्दामा

काठमाडौं, २१ साउन । गृह मन्त्रालयका एक अधिकारीले झुट्टा विवरण पेश गरी आठ भारतीय नागरिकहरूलाई नेपाली नागरिकता दिलाउन संलग्न भएका अधिकारीहरूमाथि छानबिन गरिने बताएको छ ।

मन्त्रिपरिषद्को साउन १६ गतेको बैठकले ती भारतीयहरूको नागरिकता प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको थियो।तर मन्त्रिपरिषद्को निर्णय सार्वजनिक हुँदा ती व्यक्तिको नाममात्रै सार्वजनिक गरिएपछि कतिपय तराई केन्द्रित दलहरूले सरकारको निर्णय विधिमा प्रश्न उठाएका छन्।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूसँग मिल्दो नाम भएका व्यक्तिको नागरिकता खोसिएको र सरकारले यथेष्ट सूचना नदिँदा त्यसले भ्रम छरेको भनेर संसदमा सरकारको आलोचना गरे। अर्का एक नेताले चाहिँ गलत व्यक्तिलाई नागरिकता बाँड्ने सरकारी अधिकारीलाई कारबाही गरेका विवरण कहिल्यै नआएको भन्दै सरकार विश्वस्नीय नरहेको बताए ।

Related Articles

Back to top button
Close