भिडियो

कश्मीर विवादमा नेपाल भारत होईन पाकिस्तानको पक्षमा साथ दिनुपर्छ

काठमाडौं । अहिले भारत र पाकिस्तानमा मात्रै नभई विश्वभर नै चर्चामा रहेको कश्मीर विवाद नेपालसम्म आएको छ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भारतले कश्मीरमा गरेको हस्तक्षेपको नेपाल सरकारले विरोध गर्नुपर्ने आवाज उठाउनु भएको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले कश्मीरीहरुको स्वतन्त्र रहने अधिकार भारतले हनन् गरेको र नेपाल सरकारले त्यसको विरोध गर्नुपर्ने बताउनु भएको हो
उहाँले भन्नुभयो, ‘भारत सरकारले संविधानको ३७० धारा हटाएर प्रत्यक्ष शासन गर्ने निर्णय गरेको अवस्था छ । १९४८ को त्रीपक्षीय सम्झौता अनुसार उनीहरूलाई त्यहाँ जनमत संग्रह गर्ने अधिकार दिएको थियो, भारतले त्यो अधिकार हटायो ।’ यो विषय अत्यन्तै गम्भीर भएको भन्दै पौडेलले सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

Related Articles

Back to top button
Close