समाचार

६ मिनेटको पत्रकार सम्मेलनमा हिमानीको १० हिस्सी (फोटोफिचर/भिडियो)

पूर्व युवराज्ञी हिमानी शाहले हिमानी ट्रष्टको ‘दैवी उद्धार कोष’मा सहयोग गरिदिन सार्वजनिक अपिल गरेकी छन् । आइतबार कोषको कार्यालय बालुवाटारमा पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक ‘सन्देश संग्रह’ विमोचन उनले दैवी प्रकोपहरुमा देशवासीहरुको उत्तिकै सहयोग र सद्भाव आवश्यक पर्ने बताएकी हुन्।

‘हिमानी कोषले ‘दैवी उद्धार कोष’ खडा गरी भैपरी आउने समस्याहरुमा तत्काल सहयोग गर्ने उद्देश्यले ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव’ द्वारा आफ्नो सन्देशहरु संगृहीत पुस्तकहरुको बिक्री वितरणबाट प्राप्त रकम कोषमा जम्मा गर्ने उद्देश्य राखेका छौं ।’ विज्ञप्तिमा उल्लेख छ। कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले ५ सय प्रति पुस्तक सहयोग गरेको पनि उनले बताइन् ।

हिमानी कोषले यसअघि औरहीको अग्निपीडित, महेन्द्रनगर र सुर्खेतका बाढीपीडित बारा पर्साका हुरीपीडित राहत वितरण गर्नुका साथै २०७२ को विनाशकारी भूकम्पमा पनि राहत वितरण गरेको थियो।

पत्रकार सम्मेलनमा पूर्व युवराज्ञी हिमानी निकै आकर्षक देखिएकी थिइन् । उनले पत्रकारहरुसंग जम्माजम्मी ६ मिनेट समय बिताएकी थिइन् । कार्यक्रममा हिमानीपुत्री पूर्णिका पनि उपस्थित थिइन्।

Related Articles

Back to top button
Close