समाचार

अष्ट्रेलिया : २ नेपालीको ज्यान जानेगरी भएको कार दुर्घ*टनाका चालक सागर भट्टराई प*क्राउ

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा दुई नेपालीको ज्या*न जाने गरी दु*र्घटनाभएको कारका चालक सागर भट्टराई विमानस्थलबाट प*क्राउ परेका छन् ।

दु*र्घटनापछि नेपाल फर्कन लागेको अवस्थामा अष्ट्रेलियन प्रहरीले उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएको हो । उनीमाथि लापारवाहीपूर्वक कार चलाएको आरोप छ। जमानत समेत खारेज भएका उनलाई शनिबार नै पारामाटा कोर्टमा प्रस्तुत गरिने भएको छ।

प्रहरीसँगको बयानमा कङ्गारु अगाडि आएको र त्यसलाई बचाउन खोज्दा दु*र्घटना भएको भट्टराइले बताएका छन् ।
जुलाई २८ आइतबार बिहान ३:४० बजे कुमा नजिक मोनरो हाइवेमा भएको दु*र्घटनामा २२ वर्षीय समीक्षा सुबेदी र २१ वर्षीय गोपाल भण्डारीले ज्या*न गुमाएका थिए।

घटनामा गाडी चालकको टाउकोमा चोट लागेको थियो भने अन्य दुई जना यात्रलाई पनि बाहिरी चो*ट लागेको थियो।

Related Articles

Back to top button
Close