राशिफल

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौ २२ र २३ गते हुने

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
परीक्षा बोर्डले आगामी भदौ २२ र २३ गतेका लागि ग्रेड वृद्धि परीक्षाको समय तालिका तोकेको छ । परीक्षाको पहिलो दिन (भदौ २२ गते) अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । अंग्रेजी बाहेक अन्य एउटा मात्रै विषयको ग्रेड सुधार गर्न चाहने विद्यार्थीको परीक्षा पनि २२ गते नै सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ ।

यस्तै २ ओटा विषयको परीक्षा दिने विद्यार्थीका लागि भने पहिलो दिन (२२ गते) सानो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने छ भने दोस्रो दिन २३ गते) ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने छ ।
परीक्षा बोर्डका अनुसार जुनसुकै विषयको ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीले परीक्षाको पहिलो दिन अनिवार्य रुपमा परीक्षामा सहभागी हुनुपर्ने छ ।
तोकिएको परीक्षा कार्यक्रमअनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ ।
ग्रेड वृद्धि परीक्षाबारे विस्तृत विवरणका लागि तलको सूचना हेर्नुहोस्,

Related Articles

Back to top button
Close