समाचार

चार्जमा राखेर मोवाइलमा गेम खेल्दा करेन्ट लागेर बालकको मृ*त्यु

विराटनगर, १६ साउन । चार्जमा राखेको मोवाइलमा गेम खेल्ने क्रममा एक बालकको मृ*त्यु भएको छ । चार्जमा राखेको मोवाइलवाट करेन्ट लागेर बालकको मृ*त्यु भएको हो । मोरङको लेटाङ नगरपालिकामा बिहीबार बिहान लेटाङ ३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय शौजन राईको मृ*त्यु भएको हो । उनले राति सवा १ बजेतिर चार्जमा राखेको मोवाइल चलाउँदै गेम खेलेका थिए ।

चार्जमा राखेको मोवाइलवाट करेन्ट लागेर राईको मृ*त्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले जानकारी दिए ।साथीको घरमा सुत्न गएका राई साथीसंग एउटा खाटमा सुतेका थिए । उनका साथी सुरजले करेन्ट लागेर राई छटपटाउन थालेपछि परिवारका सदस्यलाई बोलाएका थिए । चार्जमा रहेको मोबाइलबाट शौजनलाई करेन्ट लागेको थाहा पाएर सुरजले बिजुली समेत बन्द गरिदिएको प्रहरीको भनाइ छ। फाइल तस्बिर

Related Articles

Back to top button
Close