भिडियो

विदेश पठाउँछु भनी ९७ लाख रूपैयाँ ठगी गर्नेलाई प्रेम सञ्जेलले लगाए तह

विराटनगर : राम्रो रोजगारीमा विदेश पठाउने भन्दै लाखौँ रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी आज श्रम तथा रोजगार कार्यालय विराटनगरमा बुझाएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले निजहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा ठगीमा संलग्न बर्दियाको ठाकुरबाबा नगरपालिका-३ का राम थारू र सुनसरी बरहाक्षेत्र नगरपालिकास्थित प्रजापति काफ्ले छन्।

उनीहरूले वैदेशिक रोजगारमा राम्रो तलब र सुविधा पाउने आश्वास देखाउँदै रकम पाएपछि सम्पर्कविहीन भएका थिए। थारूलाई काठमाडौंको बानेश्वर र काफ्लेलाई सुनसरीको बरहाक्षेत्र-६ बसपार्कबाट प्रहरीले पक्राउ गरी आइतबार श्रम कार्यालयमा उपस्थित गराइएको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए। उनका अनुसार पक्राउ परेका थारूले आकर्षक तलबको प्रलोभन देखाएर राम्रो देशमा पठाइ दिने भन्दै धरानका दुई युवाबाट १७ लाख ठगी गरेका थिए।

उनले धरान–१५ का पिण्डेश्वरी चौकका प्रकाश तामाङ र सुरज श्रेष्ठलाई पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको पीडितहरुले बताएका छन् । यस्तै काफ्ले विभिन्न १३ व्यक्तिलाई विभिन्न देशमा रोजगारीका पठाउने भन्दै ७० लाख ठगी गरेको आरोपमा पक्राउ गरेको सञ्जेलले बताए।

Loading...

Related Articles

Back to top button
Close