भिडियो

भक्तपुर मा घट्यो अहीले सम्म कै खतरनाक घटना श्रीमान् श्रीमतीको

भिडियो हिजो राति भक्तपुरको बोडेस्थित एक दम्पतीले आफ्नै कोठामा आ*त्महत्या गरेका छन् । राति घ*टेको घ*टना आज बिहान मात्र थाहा हुन आएको छ । झु*न्डिएका उक्त दम्पति श्रीमान् श्रीमती रहेको तर केटीचाहिँ मिलन नाम गरेका ती मृ*तककि १८ वर्षकी कान्छी श्रीमती रहेको पनि खुलेको छ । पेसाले पानीको ट्यांकर चलाउने ड्राइभर रहेका १९ बर्षिया मिलनको पहिला पनि आफ्नो इच्छाबिपरित बिहे भएर जेठी श्रीमती र जेठी श्रीमतीबाट एउटा बच्चा पनि रहेको खुलेको छ । छरछिमेकलाई मिलनको पहिलो श्रीमती रहेको आज मात्र उनि घ*टनास्थलमा आएपछि थाहा भएको बताए । मिलनको स्थाई घर सिन्धुपाल्चोक रहेको र उनकी मृ*तक श्रीमतीको घरचाहिँ रामेछाप रहेको र उनीहरु करिब १६- १७ दिनदेखि कोठा भाडामा लिएर बसेको पनि खुलेको छ ।

उनीहरु कोठा भाडामा लिएर बसेको घरधनीका अनुसार सो घ*टनाको बारेमा बिहान ६ :३० बजेतिर थाहा हुन आएको बताएका छन् । उनि पनि सिन्धुपाल्चोकबाट राति अबेर घर फर्केको तर राति उक्त घ*टनाबारे आफू अनविज्ञ रहेको जानकारी दिएका छन् । करिब ६ :१५ तिर आफू बियुझेपछि उनकै घरमा कोठामा बस्ने एकजना बहिनीले मान्छे ‘झु*ण्डियो, झु*ण्डियो’ भनेर हल्ला खल्ला गरेपछि मात्र उनले थाहा पाएको बताए । त्यति बेलासम्म उनै कोठा बस्ने बहिनीले खबर गरेपछि टोलका मान्छेहरु जम्मा भईसकेका रहेछन् ।

त्यसपछि घरधनीले प्रहरी प्रशासनलाई खबर गरेपछि प्रहरी घ*टनास्थलमा पुगेका थिए । प्रहरी त्यहाँ पुगेर ढोका खोलेर हेर्दा दुई जना झ्यालको ग्रिलमा झु*न्डिएको अवस्थामा फेला परेका थिए । त्यसपछि केटाको बुवा पनि आइपुगेको उनले बताए । छिमेकीका अनुसार मिलानकी जेठी श्रीमतीले अस्तिमात्र प्रहरीमा उनिबिरुद्ध मुद्दा दायर गरेको र हिजो बेलुका मात्र उनीहरुबीच मिलापत्र भएको बताएका छन् । चौकीबाट छुटेपछि दुबै मिलन र उनकी कान्छी श्रीमती कोठामा आएर छिमेकिले सोध्दा आफूहरुले खाना खाएर आएको र अब सुत्न लागेको भनि बताएको उनीहरुले बोलेको अन्तिम शब्द रहेको संगै कोठा बस्ने छिमेकिले बताईन् । मृ*तक दुबैको शब प्रहरीले पोस्टमार्टमको लागि अस्लापता लगेको छ । यी भर्खरका जवान दम्पत्तिले के कारणले आ*त्महत्या गरे भन्नेबारेमा थाहा हुन बाँकी नै छ । घटनास्थलबाट हामीले तयार परेको रिपोर्ट भिडियोमा हेर्नुहोस्

Loading...

Related Articles

Back to top button
Close