समाचार

श्रीमती, छोरीहरु र नातिनातिनासहित युएई उडे प्रचण्ड

नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) गएका छन्।बिहान ९ः३० बजे युएई गएका प्रचण्डको यो भ्रमण विशुद्ध पारिवारिक भएको उनका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिएका छन्। प्रचण्डको साथमा पत्नी सीता छोरीहरू रेणु र गंगासहित तीन जना बच्चा पनि छन्। लामो समयदेखि बिरामी प्रचण्ड पत्नी सीता दाहालको इच्छामा यो भ्रमण भएको पारिवारिक स्रोतले जनाएको छ।

युएईमा रहँदा अहिलेसम्मका लागि कुनै पनि सार्वजनिक कार्यक्रम तय गरिनसकेका प्रचण्ड १८ गते नेपाल फर्किनेछन्। उनको युएई भ्रमणबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाको सोमबार बसेको सचिवालय बैठकमा जानकारी गराइएको थियो।५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको पनि बताइएको छ ।

अध्यक्ष दाहालले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराएका थिए ।प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको पनि स्वास्थ परीक्षणका लागि आगामी शनिबार सिंगापुर जाने कार्यक्रम तय गरिएको छ ।अध्यक्षद्वय ओली र दाहाल विदेश भ्रमणमा निस्कने भएपछि पार्टी सचिवालय बैठक पनि दुई हप्तापछि सारिएको छ ।

Related Articles

Back to top button
Close