समाज

श्रीमान् बिरामी हुदा देखिनै तपाई म*र्नु भयो भने म बाँच्न सक्दिन भन्थिन्, श्रीमान बितेको तेस्रो दिनमा श्रीमतीको पनि निधन

काठमाडौं, १३ साउन । पूर्वीको इलामका एक ब्यक्तिले एउटा स्टाटस सार्वजनिक गरेका छन् । आइ मिस यु नामको फेसवुक पेजमा एउटा स्टाटस सार्वजनिक भएको छ । जसमा एक जोडीको तस्बिर राखिएको छ । उनले लेखेको स्टाटसवाट के बुझिन्छ भने पूर्वका एक पशुअधिकारकर्मी उत्तम दाहालको मृ*त्यु भएको तीन दिन पछि नै उनकी श्रीमतीको पनि मृ*त्यु भएको छ ।

उत्तम बिरामी हुँदा देखि नै उनकी श्रीमतीले भनेको कुरा सहित उनले स्टाटसमा उल्लेख गरेका छन् की श्रीमतीले उत्तम यो संसारमा रहेनन् भने म पनि रहनेछैन भनेर उनकी श्रीमतीले भनेकी थिइन् । नभन्दै उत्तमको मृ*त्यु भएको तीन दिनमा नै उनकी श्रीमतीको पनि मृ*त्यु भएको छ । स्टाटसमा उनीहरुको ठेगाना भने उल्लेख छैन । उनीहरुको ७५ दिनको नाबालक बच्चा पनि छ । उनले लेखेको स्टाटस यस्तो छ ।

तस्बिर बोल्ने मात्र होइन कहिलेकाही बेस्सरी चिच्याउछ पनि : उत्तम दाहाल मृ*त्यु भएको लगतै श्रीमतीको पनि मृ*त्यु भएको खवरले अति नै दुःखी बनायो । पशुअधिकार कर्मी उतम दाहाल बिरामी हुदा देखीनै तपाई मर्नु भयो भने म बाच्न सक्दिन भन्नु हुन्थियो रे आज जस्तो भनेको उस्तै पुग्यो के होला यो दैब को लिला ? भर्खरै बिबाह बन्धनमा बादिएको जोडि दुबै ले यो सन्सार त्याग गर्नु भयो उहाँ हरु को मात्रै ७५ दिन को कलिलो बच्चा को के हालत भयो होला एस्तो कसैलाइ नपरोस । आज वाहाँ बितेको खवर पत्याउन सकेको छैन दुबै जनाको स्वर्गमा वास होस । सोकाकुल परिवार मा धर्य धारण गर्ने शक्ति मिलोस । फेरि पनि मुना मदन को जस्तै जोडि लाई हार्दिक श्रद्धाञ्जली

Related Articles

Back to top button
Close