खेलकुद

अविरलको अविरल यात्रा : बोलिभियन च्याम्पियनलाई नकआउट हानेर जापानमा उचाले नेपाली झण्डा (फाेटाेफिचर)

नागोया (जापान), १२ साउन । किक बक्सिङका उदियमान नेपाली खेलाडी अविरल घिमिरेले जापानमा पुनः सफलताको अर्को अध्याय कोरेका छन् ।
ज दिउँसो जापानको नागोयामा सम्पन्न ‘हिट ४५’ नाम दिइएको भिडन्तमा ‘हिमालयन चितुवा’ उपनाम पाएका घिमिरेले बोलिभियाका च्याम्पियन फ्रान्को गुथीलाई नकआउट हानेर प्राफेसनल बक्सिङमा सफलताको अर्को इतिहास रच्न सफल भएका हुन् ।

जापानको नागोया नागोया काँग्रेस केन्द्रको हलमा नेपाली समयअनुसार २ बजेर ३० मिनेटमा सुरू भएको खेलमा बोलिबिया च्याम्पियन गुथीलाई दोस्रो राउण्डको खेलमा सहजै हराएका हुन् ।
बिजयी भएसँगै घिमिरेले जापानी येन नगद एक लाखसहित ट्रफि र मेडल समेत प्राप्त गरेका छन् ।

हालसम्म घिमिरेले खेलेका खेलमध्ये १२ वटामा ३ एमेच्योर, २ वटा सेमी फ्रोफेशनल र ७ वटा प्रोफेशनल खेलमध्ये ११ वटामा जित हासिल गरिसकेका छन् । जसमध्ये ७ वटा प्रोफेशनलमा ५ वटामा प्रतिद्वन्द्वी खेलाडीलाई नकाउट गरी जित हात पारेका छन् भने एउटा भिडन्तमा बराबरी र एउटा भिडन्त अंकको आधारमा गुमाएका छन् ।

अविरलको अब आगामी भिडन्त ब्राजिलियन खेलाडीसँग हुनेछ । जोसँग यसअघिको खेल उनले अंकको आधारमा गुमाएका थिए । अविरलको यो भिडन्त ‘रिभेन्ज फाइट’को रुपमा रहनेछ ।

अविरल फुलकन्टयाक्ट कराते पूर्व राष्ट्रिय च्याम्प्यिन देव घिमिरेका सुपुत्र हुन् । अहिले अविरलको प्रशिक्षकको पनि भुमिका निभाईरहेका देवले जितपछि न्यूज २४ लाई प्रतिक्रिया दिदै भने- ‘यस जितलाइ ठूलो सफलताको रूपमा लिएको छु , पहिलो राउण्डमा नै खेल गुम्छ कि भन्ने डरको नजिक पुगेपछि दोस्रो राउण्डमा अविरलले बाजी मारे ।’

भिडन्त हेर् भेला भएका जापानमा बसोबास गर्ने नेपाली नागरिकहरु पनि अविरलको जितपछि हर्षित बनेका छन् ।
‘अब अर्को भिडन्तको तयारीमा जुट्ने छौ, ब्राजिलको खेलाडीसंग बदला लिन सके अगाडिको बाटो थप सफा हुनेछ, यो जित अविरल मेरो परिवारको मात्र होइन सिंगो नेपालीको हो,’ देवले न्यूज २४ सँग भने ।

Related Articles

Back to top button
Close