भिडियो

निर्मला प्रकरण अपडेट : घटनास्थल नजिकै दिलिप विष्टलाई देख्ने महिला हाम्रो सम्पर्कमा, एक्सक्ल्युसिभ बयान !

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४१० औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै सम्बन्धित विषयमा विशेष ब्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

आजको विषयमा रिपोर्ट प्रस्तुत गरिएको छ

दोलखा जाने बाटोको बिजोग, ४ घण्टाको बाटो पार गर्न ८ घण्टा

दाेलखा । खाडीचौर–चरिकोट सडक खण्डमा हिलो र खाल्डा खुल्डीका कारण दैनिक सयाैँ यात्रुले सास्ती भोगिरहेका छन् । भने दैनिक टोजरले तानेर गाडी वारपार गराउनु पर्ने अवस्था छ ।
ठेकेदार कम्पनीको र परामर्शदाताको लापरबाही, सडक डिभिजन कार्यालय चरिकोटको बेवास्ताका कारण काठमाडौंदेखि चरिकोटसम्मको १ सय ३३ किलोमिटर दूरी तय गर्न १२ घण्टाभन्दा बढी समय लाग्ने यात्रुको गुनासो छ।

विदेश गएको एउटा छोराको शव आयो, अर्को छोरा मलेसियाको जेलमा

काठमाडौँ । उनी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ८ साङबारीकी ६१ बर्षीय कुमारी गुरुङ । घरको आर्थिक अवस्था कमजोर भएपछि राजेगारीको खोजीमा जेठा छोरा रामबहादुर गुरुङ ११ बर्ष अघि मलेशिया हानिए । ४ बर्ष पछि भाई नेत्र बहादुर गुरुङलाई पनि उतै बोलाए । घरमा वृद्ध बाबु आमालाई बेला बेलामा फोन गर्दा दुवै भाइ घरमा आएर पक्की घर बनाउने र गाँउमै केही गर्ने सुनाउँथे ।

आमाको नागरिकता सच्चाउन जाँदा छोरा प्रहरी हिरासतमा पुग्नुपर्‍याे !

सुनसरी । जिल्ला प्रसासन कार्यालय सुनसरीका कर्मचारीकै गल्तीका कारण छोरा भन्दा आमाको उमेर ४ बर्ष मात्रै बढी भएको नागरीकता वितरण हुन्छ र त्यही सच्याउन जाँदा सेवाग्राही नै थुनामा परेको घटना बाहिरिएको छ ।

सुनसरी कोशी गाँउपालिका ३ की लजमा खातुनको प्रतिलिपि नागरिकतामा जन्म मिति २०२५ हुुनु पर्नेमा २०४५ भएको छ । त्यही सच्याउन उनका कान्छा छोरा इसराफिल मन्सुरी प्रसासन कार्यालयमा पुगेका थिए ।

भिडियाे-

Loading...

Related Articles

Back to top button
Close