खेलकुद

कुनै बेला बार्सिलोनाका कप्तान रहेका इनिस्टाले आज बार्सिलोनाविरुद्ध खेल्दै

एजेन्सी। बार्सिलोनाका पूर्व कप्तान समेत रहेका आन्द्रे इनिस्टाले आफ्नो पूर्व क्लब बार्सिलोनासँग आज (शनिबार) मेत्रिपूर्ण खेल खेल्दै छन् । उनले जे लिग क्लब भिसेल कोबेबाट बार्सिलोनाविरुद्ध खेल्न लगेका हुन् । खेल नेपाली समय अनुसार २:४५ बजे जापनको मिसाकी पार्क मैदानमा हुने छ ।

जापानका बार्सिलोनाको यो दोस्रो मैत्रिपूर्ण खेल हो । यसै खेलमा बार्सिलोनामा १६ वर्षे लामो फुटबल जीवन विताएका इनिस्टाले सोहि क्लबविरुद्ध खेल्दै छन् । उनले बर्सिलोनाका लागि ४४२ लिग खेल खेल्दै ३५ गोल गरेका थिए ।

इनिस्टाले बार्सिलोनाका लागि च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रे जस्ता अन्य थुप्रै उपाधि दिलाइसकेका छन् । विश्व फुटबलमा उत्कृष्ट मिडफिल्डरको रुपमा पहिचान बनाएका उनी सन् २०१८ मा कोबेमा अनुबन्धन भएका हुन् । यस खेलमा कप्तान लियोनल मेस्सी भने खेल्ने छैनन् ।

जापान टुरमा रहेको बार्सिलोनाले यसअघि प्रिमियर लिग क्लब चेल्सीसँग जापान मै मैत्रिपूर्ण खेल खेलेको थियो । उक्त खेलमा फ्रान्सेली स्ट्राइकर एनटोनी ग्रिजमन र डच क्लब आयाक्सबाट भित्रिएका डि जोङले बार्सिलोनाबाट डेब्यु गरेका थिए ।

Loading...

Related Articles

Back to top button
Close