मनोरंजनसमाज

नायिका शिल्पा पोखरेललाई प्रहरीले यस्तो अबस्थामा

काठमाडौं, १० साउन । नेपाल प्रहरीले बहुविवाह गरेको आरोपमा नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई खोजिरहेको छ । बुधबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले दुवैलाई खोजिरहेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले दुवैजना बिहीबारसम्म नभेटिएको जानकारी दिँदै उनीहरु छिट्टै पक्राउ पर्ने बताएका छन् ।

प्रहरीले खोजिरहँदा शिल्पा पोखरेल भने भोजपुरी चलचित्रको सुटिङमा व्यस्त छिन् । उनी भोजपुरी चलचित्र ‘जय शम्भु’ को सुटिङमा व्यस्त रहेको बताइएको छ । केही दिनअघि मात्र चलचित्रको सुटिङ सुरु भएको हो । चार दिनअघि छविकी जेठी पत्नी हेमाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन् । काठमाडौं प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि मोरङमा बहुविवाहको मुद्दा दर्ता गरिएको थियो ।

छविले पहिली पत्नी हेमासँग अहिलेसम्म सम्बन्धविच्छेद गरेका छैनन् । यदि छविले हेमासँग सम्बन्धविच्छेद नगरी शिल्पासँग विवाह गरेको प्रमाणित भएमा छवि र शिल्पाको विवाह बदर हुनुका साथै यी दुवैले जेल सजायसमेत पाउन सक्छन् । धेरै चलचित्रकर्मीले छवि आफैंले अंश नदिन जेठी श्रीमती हेमालाई आफू र शिल्पाविरुद्ध मुद्दा हाल्न उक्साएको बताउँदै आएका छन् ।

बहुविवाह गरि आएकी शिल्पाले छविबाट अंश पाउँदिनन् भने बहुविवाहको आरोपमा जेल पनि पर्नेछिन् । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७५ को उपदफा ४ बमोजिम बहुविवाह गर्ने महिला पुरुष दुवैलाई एक वर्षदेखि पाँच वर्षसम्मको कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । सोही दफाको उपदफा ५ मा बहुविवाह स्वतः बदर हुने उल्लेख छ । यही गएको भदौ १ गतेपछि उनीहरुबीच विवाह भएको पुष्टि भएमा सो विवाह बदर हुनेछ र जेलसहित नगर जरिवानामा पर्नेछन् ।

यदी भदौ १ गते अगाडि विवाह गरेको प्रमाण पेश गरेमा मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७५को उपदफा ६ ले उनीहरुको विवाहले कानुनी मान्यता पाउने छ र शिल्पाले अंश पाउने छिन् । शिल्पालाई अंश नदिने चलखेलअनुसार बहुविवाहको मुद्दा दायर गरिएको बताइएको छ । यसमा पत्रकार प्रकाश सुवेदी, स्वागत नेपाल, रेखा थापाको भूमिका रहेको चर्चाले चलचित्र क्षेत्र तताएको छ ।

Related Articles

Back to top button
Close