खेलकुद

विश्व कप एसिया छनोटः नेपालको नजर सिंगापुर–मलेसिया खेलमा

काठमाडौं। आगामी वर्ष अष्ट्रेलियामा हुने आईसीसी टि ट्वान्टी विश्व कप क्रिकेट खेल्ने सपना बोकेको नेपाल एसिया क्षेत्रको फाइल छनोट प्रतियोगितामा कतारसँग अप्रत्यासित हार व्यहोरेपछि अन्य टिमको नतिजा कुनुपर्ने अवस्थामा पुगेको छ ।
सिंगापुरमा जारी प्रतियोगितामा सहभागी ५ टिम मध्ये सबैले एकअर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने टिमले ग्लोवल छनोटमा स्थान बनाउनेछ । ग्लोवल छनोटमा शीर्ष ६ भित्र पर्ने टिमले अष्ट्रेलियाको टिकट काट्नेछन् ।

तर, नेपाल ग्लोवल छनोटसम्म पनि पुग्न आफ्ना दुबै खेल जितेरमात्र हुने छैन, अन्य टिमको नतिजाले पनि नेपालको भविश्य टुंगो लगाउने छ । शुक्रबार घरेलु टिम र मलेसियाबीच हुने खेलले पनि नेपालको भविश्य निर्धारण गर्नेछ । हाल सिंगापुरको दुई खेलबाट ३ अंक छ र उ हार बिहीन टिम हो। उसले अब नेपाल र मलेसियासँग खेल्न बाँकी छ । उसले कतारलाई पराजित गरेको थियो भने कुवेतसँगको खेल वर्षाले रद्द भएपछि अंक बाँडेको थियो। शुक्रबारको खेलमा सिंगापुर विजयी भए उसको ५ अंक हुनेछ । उसले अन्तिम खेल नेपालसँग खेल्ने छ ।

उता मलेसियाको २ खेलबाट २ अंक छ । मलेसियालाई नेपालले पराजित गरेको थियो भने उसले कुवेतलाई पराजित गरेको थियो। मलेसियाले अब सिंगापुर र कतारसँग खेल्नुपर्नेछ । शुक्रबारको खेलमा सिंगापुरले मलेसियालाई पराजित गर्दा नेपाललाई सहज हुनेछ । र अर्को खेल कतार र कुवेतबीच हुँदैछ । यहाँ पनि कुवेतले कतारलाई पराजित गरे नेपालको बाटो अझ सहज हुनेछ ।क्रिकेट हो जे हुन्छ फिल्डै हुन्छ । त्यसैले नेपालको भाग्य पनि फिल्डमै निर्धारण हुनेछ । तर, कुवेत सिंगापुर विजयी हुँदा नेपाललाई सहज हुन्छ किन भनिएको हो भने नेपालले अब कुवेत र सिंगापुरसँग खेल्न बाँकी छ यी दुबै खेल जिते नेपालको अंक ६ पुग्ने छ सिंगापुरको अंक पाँचमात्र हुनेछ भने कतार दुई हारपछि बढिमा ४ अंकमात्र जोड्न सक्छ ।

कुवेतको भने हाल एक अंकमात्र भएकाले उ प्रतिस्पर्धामा छैन । शुक्रबारको खेलमा नेपालले चाहेको जस्तो नतिजा नआए उसको ग्लोवल छनोट मुस्किल देखिएको छ । तर, बाँकी खेल उसले रन रेट सुधार गर्न सक्यो भने आफ्नै दममा पनि छनोट हुन सक्ने अवस्था छ । हाल अंक तालिको शीर्षमा रहेको सिंगापुरको ३ अंक र रन रेट पनि सबैभन्दा राम्रो छ ।यस्तै दोस्रो स्थानमा रहेको मलेसियाको अंक २ भए पनि उसको रन रेट नेपालभन्दा राम्रो हुँदा उ दोस्रो स्थानमा रहेको हो। नेपालपछि रनरेट खराब रहेको कतार चौथो स्थानमा छ । कुवेत पाँचै स्थानमा छ ।

Related Articles

Back to top button
Close