समाचार

रापेछापमा डरलाग्दो आगलागी ३ घर जलेर खरानी बने

काठमाडौं । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा न ३ को साङ्गुटार बजारमा आज बिहान आगलागी भएको छ । आगलागीमा परेर ३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट राजन सुवेदीको ट्रस्ट, अन्कित श्रेष्ठको ३ तले पक्की घर र अनिष मगरको एउटा कटेज पूर्ण रुपमा जलेका हुन् । बिहान उज्यालोमा आगलागी भएकोले मानविय क्षति भने नभएको साङ्गुटारका वडा सभापति मनोज खडकाले जानकारी दिए । आगो नियन्त्रणमा आइ सकेकोले थप जोखिमको सम्भावना नरहेको खडकाले बताए। आगलागीको कारण भने खुल्न सकेको छैन ।

Loading...

Related Articles

Back to top button
Close