भिडियो

अब म चुप लागेर बस्दिन, नेताहरुको भण्डाफोर गर्छु – पूर्व डिआईजी खरेल

काठमाडौं। नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले देश र जनताका लागि खटिरहने बताएका छन्।
आइजिपी बढुवामा अन्याय भएको भन्दै राजीनामा दिएका खरेलले नेपालन्युजलाई भिडियो अन्तर्वार्ता दिँदै सेवाबाट राजीनामा दिए पनि अब चुप लागेर नबस्ने देश र जनताको सेवामा खटिरहने बताए।
उनले आफ्नो जागिरको करियर, नेताहरुको बेइमानी र संगठन प्रमुखको निरीहता लगायत विषयमा मुख खोलेका छन्।

हेर्नुस् अन्तर्वार्ताः

यो पनि…बालबालिकालाई धेरै समय स्कुलमा राख्नुहुन्छ ? यसरी पर्छ सिकाइमा असर
हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ वा कडा अनुशासन ? सोच्नुपर्ने समय आएको छ ।
कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर पर्ने जानकारको सुझाव छ ।

विद्यालयमा मात्र धेरै समय राख्नाले बालबालिकालाई राम्रो हुन्छ वा पढन्ते हुन्छन् भन्ने सोच्नु गलत भएको पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको मानसिक विभागका प्रमुख रवि शाक्यले बताए ।
विद्यालयमा धेरै समय बिताउँदा बालबालिकाको सिक्ने, शैक्षणिक उपलब्धि बढाउने र सामाजिक तथा आर्थिक उपलब्धिको ढोका बन्द हुनसक्ने उनको सुझाव छ । बालबालिकादेखि हुर्किएका विद्यार्थीले पनि लामो समय विद्यालयमा बिताउनु उचित नभएको उनको भनाइ छ ।

टाढा विद्यालय भएकाहरू र कक्षा ८ देखि १० सम्म पढ्ने विद्यार्थी बिहान ८ बजे स्कुल जानका लागि ७ बजे नै घरबाट हिँड्नुपर्छ । साँझ घर फर्किंदा ५ बज्छ । ट्युसन क्लास वा अतिरिक्त कक्षा भनेर स्कुलमा बिहानबाट साँझसम्म विद्यार्थीलाई राख्ने गरिन्छ ।
लामो समय स्कुलमा समय बिताउँदा थकानका कारण न अतिरिक्त क्रियाकलाप प्रभावकारी हुने गर्छ न त शिक्षकले पढाएको नै प्रभावकारी हुन्छ– डा. शाक्य थप्नुहुन्छ । यस्तो हुनु उनीहरूको मानसिक तनावको विषय हुने उहाँले जानकारी दिए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेका छन् ।

Related Articles

Back to top button
Close