भिडियो

प्रचण्डकी नातिनिको जादुमय स्वर, पारिवारिक कुरा र कमेन्टले दुखाईन् चित्त[भिडियो सहित]

प्रचन्डकी नातिनी’ भन्दा गर्व लाग्छ, तर आफ्नै छुट्टै पहिचान बनाउन चाहन्छिन् गायिका स्मिता दाहाल। उनी पूर्व प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन्। धेरैको मनमा लाग्न सक्छ होला कि प्रचण्डकी नातिनी भएकाले उनले गीत गाउने मौंका पाइन्। फलानोकी नातिनी भएकै कारणले चर्चा पाइन्।

तर राजनितीबारे थाहाँ नहुँदा नै आफुले गाउन थालेको उनीले सुनाईन्। सानै उमेरदेखि गाउन शुरु गरेकी स्मिताले सानै उमेरमा ठूलो सफलता हात पारेकी छिन्। उनको करिब पाँच दर्जन गीत रेकर्ड गराइसकेकिछिन्। आफ्नै ट्यालेन्टबाट सफलता कमाउन सफल भएकी स्मितालाई अहिलेपनि उनलाई चिनाउन ‘फलानोको नातिनी’ भनेर नै झुन्ड्याइन्छ।

बालगीत हुँदै माया प्रेमसम्मका गीत गाएकी छिन्, उनले। एकल सांगीतिक प्रस्तुती पनि दिइसकेकी छिन्। मान्छे जति राम्री र सालिन स्वभावकी छिन् उती नै स्वरकी धनी पनि छिन्। जोकोहीलाई पनि सजिलै आकर्षित गर्न सक्ने स्वर भएकी स्मिताको भित्री कुरा थाहाँ पाउन हेरौं यो भिडीयो।

Loading...

Related Articles

Back to top button
Close