भिडियो

मिस्टर वर्ल्डमा पुगे नेपालका अक्षय, भोट गरि जिताउन सबैलाई आग्रह (भिडियो सहित)

ईटहरी/ बानेश्वर निवासी अक्षय जंग रायमाझी फिलिपिन्सको मनिलामा यही अगस्ट २३ तारिखमा आयोजना हुने मिस्टर वल्र्ड २०१९ मा नेपालबाट सहभागिता जनाउँदैछन् । मिस्टर नेपाल २०१७ को उपाधि जितेसँगै उनी मिस्टर वल्र्डको उपाधिका लागि नेपालबाट सहभागी हुन लागेका हुन् । मिस्टर वल्र्डको दशौँ संस्करणमा मिस्टर वल्र्डका लागि विश्वका सयभन्दा बढी मुलुकका युवाहरु प्रतिस्पर्धा गर्नेछन । रायामाझी मिस्टर वल्र्डका लागि बृहत तयारीमा छन् । यतिबेला उनि भोटको लागि आग्रह गरिरहेका छन् ।

तयारीसंगै विभिन्न मुलुकका प्रतिस्पर्धीहरुसँगको सहकार्य आफ्नो लागि महत्वपूर्ण अवसर भएको उनी बताउँछन । मिस्टर वल्र्ड व्यतिmगत सफलताको लागि मात्र नभई देशकै नामका लागि पनि महत्वपूर्ण रहेकाले ताज नेपाल ल्याउन भरपूर प्रयास गर्ने उनी बताउँछन । बाल्यकालदेखि विभिन्न पत्रपत्रिकामा छापिने तस्विरहरुबाट प्रभावित भई मोडलिङ पेशामा चाख बढ्यो । मोडलिङसंगै यस क्षेत्रमा प्रभुत्व जमाउनका लागि मात्र नभई आफुलाई तिखार्नका लागि सौन्दर्य प्रतियोगितामा सहभागी भएका थिए । उनको परिचयात्मक भिडियो यस्तो छ

आफ्नो मेहनत र परिवारको सहयोगले सफलता प्राप्त गरे । मिस्टर वल्र्डका लागि पनि दिनरात मेहनत गरिरहेको उनी सुनाउँछन ।नेपालमा मात्र नभई विश्वमा नै महिलाहरुका लागि आयोजना गरिएको प्रतियोगिताहरुको चर्चा जति हुन्छ, पुरुषहरुका लागि आयोजना हुने सौन्दर्य प्रतियोगिता त्यति चर्चामा आउँदैन ।

नेपालमा पनि मिस्टर नेपालको भन्दा मिस नेपालको धेरै चर्चा हुन्छ । मिस नेपाल र मिस्टर नेपालको ताज एउटै हो । यो मोडलिङ क्षेत्रमा पुरुषभन्दा पनि महिलालाई बढी प्राथमिकता दिइएकै कारण र मिस नेपाल एउटा महिलाको प्रतियोगिता भएको कारणले मिस्टर नेपाल मिस नेपालभन्दा कम चर्चा भएको रायमाझीको बुझाइ छ । मिस नेपालले जतिकै मेहनत हामीले पनि गरेको हुन्छौ जति मिस नेपालको महत्व छ, मिस्टर नेपालको पनि त्यत्ति नै छ । मिस्टर नेपालप्रति मान्छेको धारणा समान हुनुपर्ने उनको भनाइ छ ।

Loading...

Related Articles

Back to top button
Close