समाज

छविकी पहिलो श्रीमतीले हालेको उजुरी भएन दर्ता, कारण यस्तो छ, हेर्नुहोस

काठमाडौं – फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध निर्माता छविकी जेठी पत्नि हेमा ओझाले हालेको बहुविवाहको मुद्दा अहिलेसम्म दर्ता भएको छैन ।

हेमाले आइतबार उजुरी दिए पनि प्रहरीले भने दर्ता गरिसकेको छैन । महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायव उपरिक्षक (डीएसपी) प्रदिपबहादुर सिंहले उजुरी आए पनि अहिलेसम्म उजुरी दर्ता नगरेको र कानुन बमोजिम भए नभएको बुझिरहेको बताए । उनले भने, ‘उजुरी अहिले दर्ता गरिसकेका छैनौँ, हामी प्रक्रिययागत रुपमा अगाडी बढीरहेका छौं । कानुन बमोजिम छ छैन बुझिरहेका छौं ।’

छविकी जेठी पत्नी हेमाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको उजुरी दिएकी थिइन् । उनले दिएको उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ ।

उजुरीमा लेखिएको थियो, ‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा पनि मैले श्रीमान छवि ओझासँग सोध्दा के छ प्रमाण भन्ने प्रतिपश्न पाएको थिएँ । मैले पनि प्रमाण कतै भेटिनँ, बिहे दर्ता कहीँ कतै भएको रहेनछ । तर, पछिल्लो समयमा मिडियामा पनि धेरै चर्चा भएपछि उहाँ नजिकका सबै व्यक्तिहरुसँग सहयोग मागी साउन ५ गते उहाँकै कार्यलयबाट पछिल्लो समयमा मलाई सहयोग गर्ने उहाँकै कर्मचारीमार्फत निज शिल्पा र मेरा श्रीमानले विवाह गरि दर्ता नै गरेको विवाह दर्ताको कागजातको फोटोकपी फेला पारी सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै बहुविवाह गरेकोले निज मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजीम यथासक्य चाडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धानसमेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाय गरिपाउँ ।’

Related Articles

Back to top button
Close