भिडियो

हेमाको बारे थाहा नभएकी शिल्पा कसरी बनिन् फेसबुकमा उनकी साथी ?

नायिका शिल्पा पोख्रेल र उनका श्रीमान् निर्माता छबिराज ओझालाई अहिले बहुबिबाहको उजुरी परेको छ । उजुरी दिने छविकी जेठी पत्नी हेमा ओझा हुन् । धरानमा बस्ने हेमाले छवि र शिल्पाको आन्तरिक झगडाको चर्चा र डिभोर्सको प्रकृया बढेपछि उजुरी दिएकी हुन् ।

तर, नायिका पोख्रेलले मिडियामा भने उनलाई छविको २ वटा श्रीमती भएको मात्रै जानकारी रहेको बताएकी थिइन् । यसको मतलब उनलाई हेमा ओझाको बारेमा केही थाहा नभएको भन्ने हो । यसो हो भने उनी हेमाको फेसबुकमा कसरी जोडीन पुगिनु ? हेमाको फेसबुकमा उनी र छविकी दोश्राी श्रीमती गिताञ्जलीका छोरा साकार ओझा साथी छन् ।

शिल्पाले आफुलाई पहिलो श्रीमती बारे थाहा नहुनु भनेको हेमाको बारे थाहा नहुनु हो । तर, पनि उनको फेसबुकमा भने
हेमा साथी छिन् । कतै शिल्पाले झुट त बोलिनन् ?

Related Articles

Back to top button
Close