राजनीति

छातिमा हात राखेर सोच्नुस् सरकारले जे सुधार्न खोजेपनि आन्दोलन गर्ने तपाईका नातीले धिक्कार्नेछ

काठमाडौ । नेपाल लोकतन्त्रको नाममा यति उदार देश भयो की नागरिकले गरिरहेको ब्यवहार देख्दा सायद विश्वका अरु देशका नागरिक चकित बनिरहेका होलान् । यति खुकुलो देश त कहीपनि छैन होला जहाँ राज्यले बनाएको कानून मान्दिन, तोकिएको कर तिर्दिन भन्दै नागरिक आन्दोलनमा उत्रिन्छ ।

यति मात्र हो र गुण्डागर्दी र अ पराध कार्यमा संलग्न रहेको ब्यक्ति पक्राउ पर्दा थुनामुक्त गर भन्दै आन्दोलनको उद्घोष गरिन्छ । सडक रोकिन्छ । सार्वजनिक सम्पत्ति नष्ट गरिन्छ । र पनि सरकार हेरिरहनुपर्छ । आज नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई बिगार्ने अनेकौँ पद्धती सुधार्न पहल गर्नुभएको छ ।

अनेकौँ क्षेत्र सुधारका काम भएका छन् । तर के गर्नु जे गर्यो त्यसैको बिरुद्धमा आन्दोलनको बिगुल फुकिहालिन्छ । सार्वजनिक यातायात सुधार्न खोज्यो ब्याबसायीको आन्दोलन, प्रशासन सुधार्न खोज्यो कर्मचारीको आन्दोलन, शिक्षक सेवा ब्यबस्थित गर्न काम थाल्यो मास्टरको जुलुस, मालपोत सुधार्न लाग्यो बिचौलियाको धर्ना, अस्पतालमा सुधार ल्याउन पहल गर्‍यो सेतो कोटको जुलुस, न्याय क्षेत्रमा कमजोरी हटाउन खोज्यो सडकमा कालो कोटधारी उत्रिहाल्छन् ।

निर्माण सेवाको बेथिति रोक्न उभियो ठेकदारले सरकार हल्लाउन खोज्ने , कर प्रणालीमा सुधारको कुरा आयो ब्यवसायी, ब्यापारीको सडक आन्दोलन, सार्वजनिक सेवामा प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने विधि द्वारा प्रवेश गराउन खोज्यो नारा जुलुस बन्द, सरकारले कहिँ कतै केही छुनै नहुने भए परिवर्तन कसरी आउला ?

सम्माननिय प्रधानमन्त्रीलाई धारेहात लाएर केही गरेन भन्दै गफ चुटेर मात्रै बन्दैन देश सबै नागरिकको सकारात्मक सोच अनि आ–आफ्नो ठाउँबाट योगदान भए मात्रै बन्ने हो । अनि आज कुहिरहेको देशको ब्यवस्था बदल्न, बर्षौदेखिका देशका ऐझेरु, क्यान्सर फाल्न खोज्दा यो सरकार बिरुद्ध उत्रिने पक्षी, विपक्षी नागरिकहरुले छातिमा हात राखेर सोच्नुस् ।

आज तपाईहरुले गरेको आन्दोलन र बिरोध भावी पुस्तासम्म गुगल र अरु यस्तै आईटी संसारका पुस्तकालयमा सुरक्षित हुन्छन् । भोली तपाई कै छोरा नातीले पल्टाएर हेर्नेछन् । अनि तपाईको मृत्युपछिपनि तपाईका छोरा नातीले अवश्य धिक्कार्नेछन् । किनकी अब देश पछि पर्छ भने तपाईहरुकै यस्ता हर्कतले पछि पर्छ ।

यसैले सबैले ठण्डा दिमाग लगाएर सोचौ । दिमागले राम्रो भइरहेको छ भन्ने लागेका कार्यहरु पक्ष वा विपक्ष जसले गरेपनि साथ सहयोग र प्रसंशा गरौँ । गलतलाई गलत भनौँ । सहीलाई सही भनौँ ।

Related Articles

Back to top button
Close