समाचार

नेपालमा भारतले नाकाबन्दी गर्दा खुलेर सहयोग गर्ने, बंगलादेशका पूर्व राष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा निधन

बंगलादेशका पूर्व राष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ । सन् १९९० मा सत्ता छाड्नुअघि एर्सादले सन् १९८३ देखि १९९० सम्म बंगलादेशको सत्ता सम्हाल्नु भएको थियो । एर्सादले सन् १९८२ अप्रिल २४ मा जननिर्वाचित राष्ट्रपति अब्दुस सत्तारलाई सत्ताच्यूत गरी शासनभार आफूले लिनुभएको थियो । सन् १९९० मा भएको जनप्रदर्शनबाट सत्ता छाड्न बाध्य हुनुभएका एर्सादलाई त्यसपछि भ्रष्टाचारको आरोपमा केही वर्ष जेल सजाय दिइएको थियो ।

पछिल्लो समय जातीय पार्टी खोल्नु भएका एर्सादको बुढ्यौली उमेरका जटिलताका कारण निधन भएको उहाँका पूर्व सहकर्मी एवं सांसद काजी फिरोज रसिदले बताउनुभयो । सैनिक जनरल एर्सादले रक्तपातविहीन राज्यविप्लव मार्फत जननिर्वाचित सरकारबाट सत्ता हत्याउनुभएको थियो । उहाँकै शासनकालमा इस्लामलाई बंगलादेशको राज्यधर्म बनाइएको थियो ।

सन् १९९० को दशकमा सत्ताच्यूत भएपनि उहाँको जातीय पार्टीले संसदमा तेस्रो स्थान हासिल गरेको थियो । उहाँ वर्तमान प्रधानमन्त्री शेख हसिनाको पार्टीको एक प्रमुख गठबन्धनमा थियो । एर्साद आफ्नो निर्वाचन क्षेत्रमा निकै लोकप्रिय नेता पनि हुनुहुन्थ्यो जहाँबाट उहाँले लगातार छ पटक संसदीय निर्वाचनमा विजयी हुनुभएको थियो ।भारतले २०४६ मा नेपालविरुद्ध नाकाबन्दी लगाएको समयमा एर्सादले नेपाललाई सहयोग गरेका थिए। बंगलादेशका लागि नेपालका तत्कालीन राजदूत मोहनप्रसाद लोहनीले भारतीय नाकाबन्दीका कारणा नेपाल आफ्ठ्यारोमा परेको भन्दै एर्सादले आवश्यक सहयोग गरेको स्मरण गरे।

भारतको छिमेकी भए पनि नेपालजस्तै भारतसँग बंगलादेशका गुनासो रहँदै आएको छ। एर्सादले भारत र छिमेकी देशबीचका सम्बन्धबारेमा राम्रोसँग बुझ्नु भएको थियो’ लोहनीले नेपालखबरसँग भने, ‘नब्बेको नाकाबन्दीको समयमा एर्सादले नेपालले चाहेको जति सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।’

भारतले वाणिज्य तथा पारवहन सन्धि नवीकरण नगरी नेपालमाथि नाकाबन्दी गरेको थियो। ‘बंगलादेशले जति सहयोग गरेको भए पनि हामीले सबै नेपाल ल्याउन सकेनौं’ लोहनीले भने, ‘प्रधानमन्त्री मरिचमान सिंहले राति साढे १० बजे फोन गर्नु भएको थियो। त्यस लगत्तै मैले एर्सादका सचिवलाई फोन गरेँ। १० मिनेटमै नेपाललाई अहिले अठ्फ्यारोमा परेको भन्दै आवश्यक भए जति सहयोग गर्न एर्सादबाट निर्देशन भएको जानकारी आएको थियो।’

त्यो बेला नेपालले बंगलादेशसँग पेट्रोल, डिजेल, मट्टितेल र चीनी मागेको थियो। ट्याङ्कर नभएकाले नेपालले हवाई जहाजबाट एक पटक मट्टितेल ल्यायो। महँगो परेको भन्दै अन्य कुरा ल्याएन। नेपाल खबर को सहयोगमा

Related Articles

Back to top button
Close