राशिफल

धन कमाएर खुसी ल्याउँन कुवेत पुगेका ३ नेपालीको अपार्टमेन्टमा आगो लाग्दा मृत्यु, १२ जनाको उद्धार

काठमाडौ । आफ्नो परिवार पाल्नको लागि मजदुरी गर्न परदेश गएका नेपालीहरुको मृत्यु भएको छ । कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा तीन नेपालीको ज्यान गएको हो । मृत्यु हुनेमा सर्लाहीका विजय बैठा र अरु दुई जना महिला रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

मृतक महिलाहरु अप्सरा कामी र गौरी दर्जीको नेपालको ठेगाना खुल्न नसकेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । सो अपार्टमेन्टमा शनिबार राति भएको आगलागीमा परी अन्य थुप्रै नागरिकको ज्यान गएको छ । तर उनीहरु नेपाली हुन या होइनन् भन्ने चाहीँ अझै खुल्न सकेको छैन ।

आगलागीमा परेका १२ जनाको उद्धार गरिएको छ । आगलागी भएको स्थान महाबुल्लाहमा उल्लेख्य मात्रामा नेपाली कामदार बस्दै आएका थिए । यद्यपी आगलागीको कारण भन्ने अझैसम्म पनि खुल्न सकेको छैन् । घटनाबारे त्यहाँको स्थानीय प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।

काठमाडौं । भारतमा भारतीय जनता पार्टी र नरेन्द्र मोदीको सबैभन्दा धेरै आलोचना गर्दै आएकी बलिउड नायिका स्वरा भास्कर र लेखक हिमांसु शर्माबीचको सम्बन्धमा दरार आएको छ । उनीहरू करिब ५ वर्षदेखि प्रेम सम्बन्धमा थिए । स्वराले आफुहरूको प्रेम सम्बन्धका बारेमा सन् २०१४ मा खुलासा गरेकी थिइन् ।

फिल्म तनु वेड्स मनुको सेटबाट नजिक भएका उनीहरू अबको भविष्य कस्तो हुन्छ भन्ने कुरामा वैचारकि मतभेद भएको कारण सहमतिमै एक अर्काबाट छुट्टिएको भारतीय सञ्चार माध्यमले समाचारमा उल्लेख गरेका छन् ।

आफ्नो विन्दास स्वभावका कारण पनि चर्चामा आउने स्वरा विभिन्न विचारका कारण ट्रोलमा समेत पर्दै आएकी छिन् । उनी पछिल्लो समय पुर्व विद्यार्थी एवम कम्युनिष्ट युवा नेता कन्हैया कुमारको निर्वाचन क्षेत्रमा व्यस्त थिईन् । एजेन्सी

Related Articles

Back to top button
Close