राशिफल

आज घट्यो सुनको मुल्य, कति पुग्यो तोलामा ?

काठमाडौँ- आज साताको पहिलो दिन अर्थात् आइतबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलमा दुई सयले घटेको छ । शुक्रबार स्थिर रहेको थियो । आइतबार तोलामा २ सय रुपैयाले घटेर तोलामा ६४ हजार ५ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य शुक्रबार प्रतितोला ६४ हजार ७ सय रुपैयामा कारोबार भइरहेको थियो ।आज तेजावी(सुनको मुल्य प्रतितोला ६४ हजार २ सय रुपैयामा किनबेच भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा ७ सय २५ रुपैयामा कायम रहेको चाँदीको मुल्य आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।

Related Articles

Back to top button
Close