राशिफल

लामो समय पछि उदित नारायण झाको आवाजमा नेपालि गीत सार्बजनिक

नेपालि मुलका बलिवुडका सुप्रसिद्द गायक उदित नारायण झाका सुभचिन्तकहरुको लागि अत्मारंजनले कोसेली लिएर आएको छ जसले तपाईहरुलाई निकै खुसी तुल्याउने छ । बर्षौ पछि उनको आवाजमा नेपालि गीत सार्बजनिक भएको छ ।उनको आवाजमा “होसमा बेहोसीमा” बोलको गीत सत्याकृत सांगीतिक समूह संगको सहकार्यमा आत्मारंजनले सार्बजनिक गरेको हो । “होसमा बेहोसीमा” बोलको गीत कवाली जनारमा रहेको छ । उद्दित नारायण झा कुनै समय नेपालि सांगेतिमा एकछत्र राज गर्न सफल गायक हुन् ।

हरेक चलचित्रमा उद्दित नारायाण को गीत समाबेस हुनेगर्थ्यो । केहि वर्ष देखि नेपाली सांगेतिक बजारमा उदित नारायणको आवाजमा कुनै पनि गीत सार्बजनिक भएको थिएन । सत्याकृत सांगीतिक समूहको यो सहकार्यले उद्दित नारायण झाको आवाजमा नेपालि गीत सुन्न चाहाने हरुको चाहाना पुरा भएको छ । हेर्नुह्सो उक्त गीतको भिडियो

कुनै वेला बलिउडकै प्रसिद्ध गायक मानिने उदितनारायण झाले अहिलेसम्म १५ हजार बढी गीतमा स्वर दिएका उदितले हिन्दी चलचित्र ‘कयामत से कयामत तक’बाट गायन सुरु गरेका थिए । ‘मुझे नीद न आए, मेरा दिल तेरे लिए धड्कता, पहला नशा, जादु तेरी नजर’ जस्ता गीतको चर्चा अहिले पनि हुन्छ । सन् २०१६ मा ‘जय गंगाजल’मा गीत गाएका उदितले त्यसपछि अन्य फिल्ममा स्वर दिएका छैनन् ।
उनले थुप्रै नेपाली गितमा स्वर दिएका उदितले कुसुमे रुमाल र पिरती फिल्ममा अभिनय पनि गरेका छन । उदित नारायण झा भारतमै बसोबास गरेर भारतलाई कर्म थलो बनाए पनि उनि आफुलाई नेपालिनै भन्न रुचाउछन र नेपालि भएर जन्मन पाउनुमा गर्भ समेत गर्छन

FacebookTwitterCopy LinkWhatsAppPinterestLinkedInEmailShare

Related Articles

Back to top button
Close