समाचार

दोलखा भीमसेनको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ) : आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाई लेखाई तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट विशेष सामान तथा उपहार प्राप्त हुने योग रहेको छ । पढाइकै सिलसिलामा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा नजिक भई रमाउने समय रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) : व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नीबिच विवाद बढ्नेछ भने माइती चेलीबिचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागि पर्नेछन् । कामहरू समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउँन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागिर बढेर आउनेछ । व्यापार व्यवसायबाट मनग्गे नाफा कमाउन सकिनेछ भने लामो दुरीको यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : माया प्रेम तथा पारिवारिक जीवन सन्तोष प्रदेश हुनेछ । विद्या बुद्धिको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ भने न्यायिक निर्णयहरू तपाइकै पक्षमा फैसला हुनेछ । प्रतिस्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरू केही भए स्वतः ठिक हुनेछ । व्यापार बिस्तार गरी मनग्गे आर्थिक लाभ लिन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताक प्रतिस्पर्धामा तपाइकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । शिक्षा तथा शिक्षा पेसाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : सवारी साधनको व्यापार व्यवसायमा अलि बढी मेहनत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । विद्यामा सफलता प्राप्त गर्न अलि बढिनै मेहनत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूका लागि समय मध्ययम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो कामगरि प्रसिद्ध कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृड भएर जानेछन् भने दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जागिर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।

बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) : सबैको सहयोग पाइने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनै पनि पसा व्यवसाय फस्टाएर जानेछ । समय अनुसार बिचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे) : व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेको छ । तपाईँको लुवाई ख्वाई देखेर सबै जना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखिपर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्नेबानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाइकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भने जस्तो नाफा कमाउन सकिनेछ । भनेको समयमा सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : पैतृक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाई लेखाई अरूभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ ।

यो पनि पढ्नुस – नेपालमा विश्वले अद्भूत मान्ने धरोहरु, प्राकृतीक केन्द्र र धार्मिक धरोहर रहेका छन् । कञ्चनपुरको बेदकोट नगरपालीका ४ चुरेको फेदीमै रहेको शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्र यही अद्भूत मध्येको एक हो ।

यहाँ अबलोकनका लागि पुग्ने पर्यटको संख्या बढ्दो छ । विश्वभरीका हिन्दुहरु त्यहाँ पुगेर दर्शन गर्ने गर्दछन् । हुन त न राम्ररी गाडी गुडने सडक छ, न प्रचार प्रसारमा जोडनै दिईएको छ तै पनि हज्जारौ मानिसहरु पुगिरहेका छन् । सानो खोलाको किनारामै विभिन्न माटोका अनौठा आकृति नियाल्नका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको घुईचो लाग्ने गरेको छ ।

माटोका अनौठा आकृति संगै सेल्फि लिनका लागि पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन । पर्यटकको सुविधका लागि नगरपालीकाले सेल्फि प्वाईन्टको निर्माण गरेपछि यो क्षेत्र पर्यटकको आर्कशक गन्तव्य बन्न पुगेको छ ।

टाढा बाट लश्करै मन्दिरहरुको शहर जस्तो देखिने माटोका आकृतिलाई नजिक गएर नियाल्दा कुनै कलाकारले माटोको पहाडलाई चिरेर विभिन्न आकृतिमा खोलाको किनारामा प्रदर्शनका लागि राखेको जस्तो देखिन्छ । एक पटक यस क्षेत्रको अबलोकनका लागि पुगेको व्यक्ति यस क्षेत्रको प्राकृतिक कलाकृतिको बर्णन गरेर थाक्दैनन् । स्वस्फुत रुपमा यस क्षेत्रले पर्यटक तान्न थालेको छ ।

ढुङ्गले भरिएको पथरिलो सडकमा सवारी साधान गुडाउदै यस क्षेत्रको अबलोकनका लागि दैनिक दुई सय बढी आन्तरिक र बाह्य पर्यटकहरु पुग्ने गर्दछन । प्रकृतीको अनुपम दृश्यलाई क्यामेरा र मोवाईलमा कैदगरी सामाजिक सञ्जाहरुमा राख्ने कार्यले समेत विगत दुई बर्ष यता देखि हुदै आएपपछि यस क्षेत्रले चर्चा पाउन सफल भएको शिक्षक राघव अबस्थीले बताए ।

पूजापाठका सामान राखेर बसेको छु, बिहान आउँछु, साँझ घर जान्छु, कहिलेकाहिँ मेला पर्वका बखत राति पनि यहीँ बस्छु,’ पसलमा भेटिएका धामीले भने, ‘जति आउँछन्, सबैले धन्य हो भन्ने गर्छन् ।’

टाढा बाट दृश्य नियाल्दा ढुङगालाई ठाउ ठाउमा ठिङ्ग उभ्याई दिए जस्तो अनुभव हुने यस क्षेत्रको नजिक गएर हेर्दा माटो बाट बनेको पहाडका आकृति देख्दा जो कोही पनि आश्चर्यमा पर्ने गरेको छ । यस क्षेत्रले पर्यटकीय क्षेत्रका रुपमा चर्चा बटुल्न थालेपछि चलचित्र र म्युजिक भिडियोको छायांकनको कार्य गर्नका लागि यो क्षेत्र रोजाईमा पर्न थालेको छ । स्थानिय बासिन्दाका अनुसार यहाँ दैनिक दुई वटा म्युजिक भिडियो र चलचित्रको छायांकनको कार्य हुदै आएको छ ।

यस क्षेत्रलाई स्थानिय बासिन्दाले धार्मिक क्षेत्रका रुपमा समेत लिने गरेका छन । शिवलिङ्गेशवर क्षेत्रका रुपमा यस क्षेत्रले धार्मिक मान्यता पाएको छ । स्थानिय ७७ बर्षिय बिरादत्त भट्ट शिवलिङ्ग क्षेत्रमा भगवान शिवको बास रहेकाले दत्तचित्त रुपले यस क्षेत्रमा पुजा गरे मनले चिताएको पूर्ण हुने बताउ छन ।

माटोका विभिन्न आकृति भएका ठाउ नजिकैको खोलामा विसं २०२७ सालमा स्थानिय बासिन्दाले कुलो खन्दा पानी कुनै पनि हालतमा कुलोमा नचढने भएपछि भगवान शिवलाई स्थानियले ध्यु संग भात खाने र चढाउने भाकल गरेपछि पानी नहरमा आउन थालेपछि यस क्षेत्रले धार्मिक मान्यता पाएको उनले बताए ।

जानकारहरुका अनुसार धेरै पहिले चुरे पर्वत बर्षाका कारण खिईदा चुन, कोईला र गन्धकले भरिएको पहाडले विभिन्न आकृतिको रुपमा लिएको हो । हाल जति बर्षा भएपनि माटोका मसिना माटोका आकास तर्फ फर्केका विभिन्न आकृतिका थुम्कामा कुनै असर नपर्ने गरेको स्थानियको भनाई रहेको छ । यस क्षेत्रमा विसं २०२५ साल देखि बस्ती बस्न शुरु भएपछि पहाडका आकृति हाल जुन अबस्थामा छन त्यही अबस्थामा पहिलेपनि देखेको बुढापाकाहरु बताउद छन ।

बेदकोट नगरपालिकाले लिंगा र बेदकोट ताललाई जोडेर धार्मिक पर्यटकीय क्षेत्र बनाउन सुरु गरेको छ । लिङ्गाको पर्यटन प्रवद्र्धनका लागि दोस्रो नगरसभा लिंगामै गरिएको थियो । बेदकोटका नगर प्रमुख अशोककुमार चन्दले लिङ्गाको धार्मिक पर्यटकीय विकासका लागि विशेष प्राथमिकता दिइएको बताए । ‘लिङ्गा र बेदकोटलाई एकआपसमा जोडेर धार्मिक पर्यटकीय क्षेत्र बनाउने योजना छ,’ नगर प्रमुख चन्दले भने, ‘यसका लागि गुरुयोजना बनाएर जान्छौं ।’

चुल्लीगाड खोलामा झोलुङ्गे पुल र लिङ्गासम्म पक्की सडक पुर्याउने नगरपालिकाको योजना छ । लिङ्गा प्रवेशका लागि प्रवेशद्वार निर्माण गरिएको छ । बेदकोट नगरपालीकाको दैजी चौराहाबाट सडक मार्ग हुदै धर्मपुर हुदै सात किलो मिटरको सडक तय गरेपछि यस क्षेत्रमा पुग्न सकिन्छ ।

हाल नगरपालीकाले पर्यटकीय क्षेत्र सम्म पुग्ने सडकको स्तरोन्नतीको कार्य गरी पर्यटकीय क्षेत्रमा मन्दिर, मूर्तिहरु राखेको छ । सेल्फि खिच्न चाहने पर्यटका लागि सेल्फिप्वाईन्ट समेत निर्माण गरेको छ । नगरपालीकाका अनुसार एक बर्षको अबधिमै लिंगामा पुग्ने पर्यटकको संख्या ४० हजार बढी रहेको छ । आन्तरिक, छिमेकी देश भारत र तेश्रो मुलुकका पर्यटक समेत यहाँ पुगेका छन ।

Related Articles

Back to top button
Close