समाचार

परीक्षा दिएर घर फर्कँदै गरेका ३ विद्यार्थीलाई माइखोलाले बगायाे

इलाम । इलामको माइखोलाले बगाउदा परीक्षा दिएर घर फर्कँदै गरेका माई नगरपालिकाका ३ विद्यार्थीलाइ खाेलाले बगाएकाे छ ।शुक्रबार परीक्षा सकिएर घर फर्कदै गरेको अवस्थामा खाेला तर्ने क्रममा उनीहरुलाई बगएकाे हाे । उनीहअहिलेसम्म भेटाउन नसकिएकाे प्रहरीले जनाएकाे छ । बेपत्ता हुनेमा माई नगरपालिका–१ बरदरेमा १५ वर्षीया सुनिता लिम्बु, १५ वर्षीया निसा सुनार र १२ वर्षीया आकृति लिम्बू रहेका छन् ।जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालयका इलामका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीका अनुसार उनीहरुको खोजीकार्य भईरहेको छ ।उनीहरु कुन विद्यालयमा अध्यायनरत थिए भन्ने पनि खुल्न नसकेको प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले बताएका छन् । शुक्रबार नै इलामको चुलाचुली गाउँपालिका १ का ५५ वर्षीय अञ्चल लावतीको खोलाले बगाउँदा ज्यान गएको थियो ।

Related Articles

Back to top button
Close