समाचार

बिहार डुबेपछि कोशी ब्यारेजकाे ढोका बन्द गर्न भारतले दियो दवाव

असार २८, काठमान्डौ । लगातार वर्षा भएसँगै सप्तकोशीमा पानीको बहावपछि भारतले काेशी ब्यारेजकाे ढाेका बन्द गर्न दवाव दिएकाे छ । भारतको बिहार जलमग्न भएपछी काेशी ब्यारेजकाे ढाेका बन्द गर्न दवाव दिएकाे हाे ।

अहिले ब्यारेजकाे ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन् । भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले जानकारी दिए ।

निरन्तर वर्षा जारी रहे सप्तकोशीमा पानीको बहाव बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।

काेशीमा एक लाख ५० हजार क्यूसेक पानीको बहाव भएपछि खतरा मानिन्छ । तर, शनिबार दिउँसाे २ बजेसम्म दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए ।

Related Articles

Back to top button
Close