समाचार

आज फेरि बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेको छ । आज छापावाल सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाल सुन ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गरी आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार तेजाबी सुन ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको मुल्य पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो बुधबार चाँदी ७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

Related Articles

Back to top button
Close