समाचार

झापामा सर्पले डसेर सात वर्षिया बालिकाको ज्यान लियो

भद्रपुर । कोठामा सुतिरहेको अवस्थामा वि*षा*लु सर्पको टोकाइबाट झापामा सात वर्षीया बालिकाको मृ!!त्यु भएको छ। सर्पदंशबाट मृ!!त्यु हुनेमा झापा गाउँपालिका–६ स्थित मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी निरुता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार आफ्नै घर कोठामा सुतिरहेका बालिकालाई आइतबार राति वि*षा*लु सर्पले टोकेको थियो। राति २ बजे छोरीलाई सर्पले टोकेको थाहा पाएपछि तत्काल उपचारका लागि कनकाई नगरपालिकास्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। बालिकाको उपचारको क्रममा बिहान ४ बजे मृ!!त्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए।
यो पनि पढ्नुस – शुक्रबार महानगरीय अपराध महाशाखा टेकुमा ठूलो संख्यामा पत्रकारहरु जम्मा भएका थिए । प्रहरीले १ दिनअघि पक्राउ गरेका २ जना अभियुक्तहरु लाई सार्वजनिक गर्दै थियो । काठमाडौंमा श्रृंखलाबद्ध सिरिञ्ज आक्रमणका अभियुक्त सन्तोष कार्की र भद्रकालीका आफूलाई ‘धर्ती माता’ भन्दै युवतीलाई यातना दिने बुटवलकी विष्णु कुँवरलाई सार्वजनिक गर्ने कार्यक्रम थियो । प्रहरीले सुरुमा सिरिञ्ज आक्रमणका अभियुक्त सन्तोष कार्कीलाई सार्वजनिक गर्यो । त्यसपछि प्रहरीले ‘धर्ती माता’ भनिने विष्णु कुँवरलाई समेत पक्राउ गरेको र उनलाई पनि सार्वजनिक गर्ने बतायो ।

पत्रकारहरु ‘धर्ती माता’लाई पर्खेर बसे । केही प्रहरी कर्मचारीहरु भित्र गए । केही समय बित्यो तर ‘धर्ती माता’ आइनन् ।केही बेरपछि परिसरका प्रनाउ होविन्द्र बोगटीले ‘धर्ती माता’लाई सार्वजनिक गर्न आफूहरु असक्षम भएको जानकारी दिए । भएछ के भने सार्वजनिक गर्ने थाहा पाएर हो वा अरु कुनै कारणले हो मातामाथि देउता चढेछन् । हिरासतमा रहेकी धर्ती माता सेलभित्रै काम्न थालिछन् । उनको यो पारा देखेपछि प्रहरी उनलाई बाहिर ल्याउन हिच्किचायो । अन्ततः उनलाई बाहिर ल्याएर बबाल खडा गर्नुभन्दा उनलाई सार्वजनिक नै नगर्ने निर्णयमा प्रहरी पुग्यो ।

अभियुक्त महिला भएकोले पनि उनलाई यसरी बाहिर ल्याउनु अनुपयुक्त हुने भन्दै डिएसपी बोगटीले पत्रकारहरुसँग सार्वजनिक गर्न नसकेकोमा क्षमा मागे । पत्रकारहरु पनि मातामाथि देउता नै चढेपछि जोर जबरजस्ती गर्नु अनुपयुक्त हुने ठानेर रित्तै फर्किए । माताले भद्रकालीमा उक युवतीलाई यातना दिएको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

Related Articles

Back to top button
Close