समाचार

देवीको नाममा ब*लि दिन लागिएको ३ बर्षिय बालकको प्रहरीले गर्यो शकुशल उ*द्धार

काठमाडौ । धार्मिक मान्यता र अन्धविश्वासको नाममा मानिसहरु झनै हद पार गरिरहेका छन् । उनीहरु मानिसबाट प*शु बन्न तयार हुन्छन देवीको नाममा पशु ब*लि दिएको घटना त सामान्य हो तर मानिस नै ब*लि दिनु निकै नै निन्दनीय कार्य हो यसको सबैले बिरोध गर्नु आवश्यक छ । ब*लिकै सन्दर्भमा भारतको उदलगुरी अन्तर्गत अन्ध*विश्वासका कारण ३ बर्षको बालकलाई देवीको नाममा ब*लि चढाउनै लागेको अवस्थामा प्रहरी र स्थानीयको सहयोगमा बच्चालाई बचाईएको छ।

तिन जना मानिसले परिवारका साथमा मिलेर तान्त्रिक विधिद्वारा बच्चाको ब*लि दिने खबर स्थानीयले थाहा पाएपछि अन्तत उनीहरुले पुलिसमा खबर गरेका थिए। पुलिसले उक्त बच्चालाई ब*लिको नाममा मृ*त्यु हुनबाट बचाएका हुन्।

यस घटनामा संलग्न ३ व्यक्ति र एक ता*न्त्रिक बा*बा भनिनेलाई प्रहरीले आफ्नो हिरासतमा लिएको छ। स्थानीयका अनुसार एक हाई स्कुलका प्राध्यापकका घरमा गत केहि समयदेखि घरमा पुजा पाठको कार्य चलिरहेको थियो। अबोध बालकको ब*लि दिनु भन्दा अगाडी उनले आफ्नो घर र बाईकमा समेत आगो लगाएका थिए जसबाट स्थानीयले यो घरमा अब केहि हुदैछ भन्ने अनुमान लगाएका थिए।

रिपोर्टका अनुसार प्रहरी घटनास्थलमा पुग्दा पुजामा संलग्न तिन व्यक्ति ३ बर्षिय अबोध बालकको ब*लि दिनका लागि तयारी अवस्थामा रहेका थिए। जसको बिरोधका लागि उत्रिएका पुलिसले माहोल अन्योलग्रस्त भएपछी फायरिंग गरेको थियो। जुन घटनामा परि परिवारका ३ सदस्य सख्त घाइते भएका छन भने बच्चालाई प्रहरी र स्थानीयले शकुशल रुपमा उद्धार गरेका छन।

Loading...

Related Articles

Back to top button
Close