समाचार

सुनको मुल्य ह्वातै घटयो आज,हेर्नुहोस कति पुग्यो ?

असार २३ काठमाडौं। सुनको भाउ आज हप्ताको दोस्रो दिन सोमबार सुनको मुल्य घटेको छ।। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य रु. ५०० ले घटेको हो।

हिजो आईतबार प्रतितोला रु.६५ हजार रुपैयाँमा कारोबार भइरहेको छापवाला सुनको मूल्य आज सोमबार रु. ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै आज तेजाबी सुन रु. ६४ हजार २०० रुपैयाँमा कारोबार भएको छ।

महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य रु. ५५ हजार ३०० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य रु. ५५ हजार ०४५ रुपैयाँ कायम गरेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि रु.१५ घटेको छ। आईतबार प्रतितोला रु. ७३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज सोमबार रु. ७२० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य रु. ६१७ रुपैयाँ ५० पैसा कायम गरेको छ।

Related Articles

Back to top button
Close