समाचार

समाचार संकलन गर्न गएकी महिला पत्रकारमाथि कीर्तिपुरमा यतिसम्म गरियो, कारबाहीको माग !

काठमाडौं । समाचार संकलन गर्ने क्रममा एक पत्रकारमाथि दुव्र्यवहार गरिएको छ । गोरखापत्र दैनिकमा कार्यरत पत्रकार शान्ति लामामाथि समचार संकलनका क्रममा दुर्व्यवहार भएको हो । काठमाडौंको कीर्तिपुर नगरपालिका–५ स्थित भत्केकोपाटी जाखामा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी स्थलगत रिपोर्टिङका क्रममा लामामाथि दुर्व्यवहार गरिएको थियो । सार्वजनिक कुवा, गोरेटो बाटो र खानेपानीको लाइन मिचेर बनाइएको घरको केही भाग स्थानीयवासीको एक समूहले भत्काउँदै गरेको तस्बिर खिच्ने क्रममा लामामाथि आक्रमण प्रयास भएको हो । तस्बिर खिच्न प्रयोग गरिएको मोबाइल जवर्जस्ती खोसेर उनलाई लछारपछार गरिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । पत्रकार लामामाथिको दुर्व्‍यवहारको भर्त्सना गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र तामाङ पत्रकार संघले विज्ञप्ती जारी गर्दै घटनामा संलग्नको पहिचान गरी तत्काल कारबाही गर्न अनुरोध गरेको छ ।

Related Articles

Back to top button
Close