समाचार

ज्योतिष शास्त्रका अनुसार यस्ता युवतिहरू हुन्छन् निकै नै भाग्यशाली । जानिराख्नुहोस्

एजेन्सी । ज्योतिष शास्त्रको आफ्नै एउटा छुट्टै महत्त्व रहेको हुन्छ । ज्योतिष शास्त्रमा असल गुण भएकी कन्याका बारेमा वा भाग्यशाली यसवतीका बारेमा व्याख्या गरिएको छ । युवतीहरूमा हुने आकार, चिन्ह, शरीरका विभिन्न ठाउँमा भएका कोठीहरू आँखा सम्झदारी, चलाख, स्वभार र शरीरका विभिन्न भागहरूमा हुने विभिन्न कुराहरूलाई यहाँ ब्यख्या गर्न खोजिएको छ । कस्ता युवती अत्यन्त भाग्यशाली हुन्छन् त ? यस बारे थाहा पाइराख्नुहोस् ।
समुन्द्र शास्त्रका अनुसार जुन कन्या को खुट्टाका औंला उठेको, गोलो, रातो रातो देखिन्छ त्यस्ता कन्या भाग्यशाली हुन्छन् । जुन कन्याको कुर्कुच्चामा सर्पको आकार हुन्छ त्यस्ता कन्या भाग्यशाली हुन्छन् यस्ता कन्यालाई सधैं इश्वरको कृपा रहीरहेको हुन्छ । जुन कन्याको पैतालामा त्रिकोण को चिन्ह हुुन्छ ति कन्या अत्यधिक चलाख हुन्छिन भनिएको छ । यस्ता कन्याले आप्mनो बुद्धि र समझदारीले सम्पूर्ण परिवारलाई खुशी राख्न सक्छिन् ।

नाभिको तल्लोपट्टि कोठी भएका कन्याहरु भाग्यशाली एवम् सुखी जीवन विताउने हुन्छन् । जुन कन्याका आँखा हरिणका जस्ता समान हुन्छन् सेतो भागको अन्तमा हल्का रातो हुन्छ यस्ता कन्या भाग्यशाली र सुखभोग पाउने हुन्छन् । जुन कन्याको जिब्रो रातो र कोमल हुन्छ उ आफूले त सुख भोग गर्छिन् नै सम्पूर्ण परिवारलाई पनि सुख प्रदान गर्न सक्ने हुन्छिन् । जुन कन्याको नाभी गहिरो र भित्रैबाट उठेको जस्तो देखिन्छ त्यस्ता कन्या पनि आफु र आफ्ना परिवारलाई सुख दिने खालकी हुन्छिन् । नाकको अघिल्लो भागमा कोठी हुने कन्या धन धान्यले पूर्ण हुन्छिन् । पैतालामा कमल चक्र एवम् शङ्खका चिन्ह हुने कन्या शुभफलदायी मानिन्छिन् । यस्ता कन्याका पति कि त ठूला व्यापारी कि त राजनेता हुन्छन् ।

यो पनीः अभिनेता सञ्जय दत्तकी छोरीको प्रेमिको अचानक मृत्यु भएपछि भावुक हुँदै लेखिन् यस्तो स्टाटस ।
एजेन्सीः चर्चित बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्त को प्रेमी को अचानक मृत्यु भएको छ ! छोरी त्रिसाला ले भावुक हुँदै एक स्टाटस लेखेकी छिन ! त्रिसाला का प्रेमीको इटालियन मा मृत्यु भएको हो ! त्रिसाला प्रेमी को मृत्यु भएपछि उनी शोक मा डुबेकी छिन ! प्रेमी को मृत्युभएपछी भावुक हुँदै उनले सामाजिक सञ्जाल इन्स्टाग्राम मा एक स्टाटस राख्दै एकदमै भावुक भएकी छिन !मृत्यु पछि उनले सामाजिक सञ्जालमा लेखेको स्टाटसः “मेरो मुटु तोडिएको छ । मलाइ धेरै धेरै माया ,सुरक्षा र मेरो हेरचाह गरेकोमा धेरै धरै धन्यवाद । तिमीले मेरो जीवनमा यति धेरै खुसी ल्यायौँ म त्यति खुसी कहिल्यै भएकी थिइन । तिमीसँग भेट भएपछि म संसारकै सबैभन्दा भाग्यमानी केटी मानेकी थिए । तिमी सधैँ मेरो मन ,मुटु भित्र जीवितै रहन्छौ। म तिमीलाई सधैँ माया गर्छु । म सधैँ तिमीलाई सम्झिरहने छु ।’ जबसम्म म तिमीलाई अर्को पल्ट भेट्दिन ।”
यो पनीः रिमा विश्वकर्माले गरिन् अर्को विवाहको घोषणा, विवाहको यस्तो तयारी (भिडियो सहित)

काठमाडौँ । चर्चित अभिनेत्री रिमा विश्वकर्माले अर्को विवाह गर्ने घोषणा गरेकी छिन् । प्राइम टाइम्स टेलिभिजन बाट प्रसारण हुँदै आएको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा फेरी विवाह गर्ने कुराको घोषणा गरेकी हुन् । चर्चित पत्रकार ऋषि धमलाले सञ्चालन गर्दै आएको कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ मा अभिनेत्री विश्वकर्माले अर्को विवाह हुन सक्ने बताएकी हुन् । अहिले उनी अभिनेता भुवन केसी सँग जोडी बाँध्दै चलचित्र ‘मिस्टर नेपाली’को छायाङ्कनमा व्यस्त पनि रहेकी छिन् । कार्यक्रममा ऋषि धमलाले तपाईँको विवाह हुने सम्भावना कत्तिको छ? भन्ने प्रश्न गरेपछी अभिनेत्री रिमा विश्वकर्माले भनिन्, “छ नि । भोलि कसले देखेको छ र ? विवाह हुन्छ नै भनेर म ग्यारेन्टी दिन सक्दिन । तर, त्यो सम्भावना छ ।”

धमलाले फेरी अर्को पश्न गरे, विवाहको लागि तपाईको नजरमा कोही युवक परेको छ ? फेरी रिमाले सिधा जवाफ दिइन् ‘साँच्चै भन्नुपर्दा अहिले मेरो प्राथमिकतामा करियर नै परेको छ । त्यो हिसाबले अहिले हालसाललाई चाहीँ छैन ।’ अभिनेत्री रिमा विश्वकर्माको विहे केही वर्ष पहिले लण्डनमा बस्दै आएका नेपाली युवा रोबट विश्वकर्मा संग भएको थियो । उनिहरूको सम्बन्ध धेरै वर्ष टिक्न सकेन अन्ततः उनिहरूले डिभोर्स गरिसकेका छन् । त्यस यता रिमाले आफुले विवाह नगर्ने घोषणा गर्दै आएकी थिइन् । बाँकी भिडियो मा हेर्नुहोस्ः

Loading...

Related Articles

Back to top button
Close