समाचार

लगातारको वर्षापछि भोटेकोशीमा डरलाग्दो बाढी : २ जना बेपत्ता २ को उपचार हुँदै !

काठमाडौं । लगातारको वर्षापछि आएको भोटेकोशी बाढीमा २ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको जानकारी दिइएको छ । घाइते दुईजनालाई सिम्रिक एयरको हेलिकप्टरबाट उपचारको लागि काठमाडौं ल्याइएको छ । बेपत्ता हुनेमा शिवश्री हाइड्रोपावरमा कार्यरत यादव काफ्ले, रामअवतार चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिनुभयो । बाढीले भोटेकाशीमा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी, ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशीसँगै चाकुखोला जलविद्युत् आयोजना र शिवश्री हाइड्रोपावरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । बाढीले आसपासको सटर र घरहरूमा समेत क्षति भएको जनाएको छ । भोटेकोशी बाढीले सीमाक्षेत्रमा निरन्तर विपत्ति निम्त्याने गरेको छ । गत साल आएको भोटेकोशी बाढीले सयौं परिवार विस्थापित भएका थिए । नेपालमा मनसुन पुर्ण रुपमा सक्रिय भइनसकेको अवस्थामा पनि यसरी बाढी आउँनुले खत्तराको संकेत गरेको धेरैको बुझाई रहेको छ ।

असार २२ गते (आईतवार) दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन सहितको वर्षाको सम्भावना रहेको छ। देशका बांकी भू-भागहरूमा हल्का वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका मध्य र पश्चिमी भू-भागका धेरै स्थानहरूमा र पूर्वका केही स्थानहरूमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भागका एक-दुई स्थानहरू, मध्य-पश्चिमी तराईका एक-दुई स्थानहरूमा र पूर्वका तराई र तल्लो पहाडी भू-भागमा मध्यम देखि भारी वर्षाको सम्भावना छ।

असार २३ गते (सोमवार) दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य र पूर्वि नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी र तराईका भू-भागका एक-दुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ। राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका केही स्थानमा र पूर्वि नेपालका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

असार २४ गते (मंगलवार) दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य र पूर्वि नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी र तराईका भू-भागका एक-दुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका केही स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

Related Articles

Back to top button
Close