समाचार

धादिङमा तीन ओटा गाडी एक–आपसमा ठोक्किए, यस्तो छ घाइते हुने र मृ**त्यु हुनेको विवरण

काठमाडौं। धादिङको बेनीघाटमा तीनवटा सवारी साधन एक आपसमा ठोक्किँदा दुई जनाको मृ**त्यु भएको छ भने तीस जना घा*इते भएका छन्।आइतबार विहान दश बजेर ४५ मिनेटमा तीन वटा सवारी साधान एक आपसमा ठोक्किँदा दुई जनाको मृ**त्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ। काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका थिए ।

धादिङ प्रहरीका अनुसार मृ**त्यु हुनेमा एक जना महिला र एक जना पुरुष रहेका छन्।उनीहरुको सनाखत हुन सकेको छैन। घा*इतेमध्ये केहीको अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ। घा*इतेकाे विभिन्न अस्पतालमा भर्ना गरिएकाे छ। माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत बस, माइक्रोबस र विपरीत दिशाबाट आइरहेको माइक्रोबस ठोक्किएको प्रहरीले बताएकाे छ।

Related Articles

Back to top button
Close