समाचार

सुन्दरताले भरिएकी १८ वर्षीया क्युट तेरिया (१० तस्बिर सहित)

काठमाडौँ १४ असार । डान्सर तेरिया फौजा मगर अहिले १८ वर्ष पुगेर जवानी अवस्थामा छिन् । सानै उमेरमा नै नेपाल र भारतमा गरी दुई देशमा नाम र दाम कमाइसकेकी छिन् । उनले २०१४ मा भारतीय जी टिभीको ‘डीआईडी लिटिल मास्टर’ जितेकी थिइन् । त्यस लगत्तै उनले भारतीय सिनियर डान्स स्टार बिचको अर्को ठुलो नृत्य प्रतियोगिता जित्न सफल भइन् । उक्त दोस्रो उपाधि भारतीय टेलिभिजन कलर्सको ‘झलक दिखला जा’ सो को थियो । यसमा अन्य प्रतियोगिताका केही ठुला विजेता प्रतियोगी बिच मात्र प्रतिस्पर्धा भएको थियो । उक्त सो को जित सँग तेरिया फौजा मगरले ३० लाख भारतीय रकम प्राप्त गरेकी थिइन् ।

यसअघि सन् २०१४ मा जी टीभीको ‘डीआईडी लिटिल मास्टर’ जितेकी थिइन् । त्यसमा ४० हजार प्रतिस्पर्धीलाई पछाडि पारेकी थिइन् । डीआईडीमा प्रथम भएबापत १० लाख भारतीय रुपैयाँ पुरस्कार पाएकी थिइन् । तेरियाले डीआईडी विजेताका तर्फबाट यसमा प्रवेश पाएकी हुन् । ‘झलक दिखला जा’ प्रतियोगिता गत जुलाईमा सुरु भएको थियो । त्यसमा १२ जोडी सिनियर महिला पुरुष डान्स सेलिब्रिटी छनोट भएका थिए । तेरियासहित ५ जना जुनियरलाई भने अक्टोबर ८ मा च्यालेन्जरका रूपमा प्रवेश गराइएको थियो । त्यसरी प्रवेश पाएकामध्ये तेरियामात्रै फाइनलमा पुगेकी थिइन् । फाइनलमा उनले ‘डीआइडी’ सिजन १ का विजेता तथा ‘झलक दिखला जा’ का पूर्वविजेता सलमान युसुफ खान र वल्र्ड हिपहपका च्याम्पियनसिपका विजेता सानतनु महेश्वरीसँग प्रतिस्पर्धा गरिन् ।फाइनलमा उनले निर्णायकका तर्फबाट ४० अंकमा ४० पाएकी थिइन् । भोटमा समेत सबैलाई जितेपछि उनी विजयी भएकी हुन् । तेरियाको घर रुपन्देहीको रुद्रपुर गाविसमा पर्छ ।

तेरिया आफूलाई रुपन्देहीकी वा रुद्रपुरकी मात्र भनेर चिनिन चाहन्नन् । ‘म नेपालकी तेरिया भनेर विश्वभर चिनिन चाहन्छु । मलाई आफ्नो देशको निकै माया लाग्छ । देशबाहिर छँदा देशको अझ बढी महत्त्व थाहा हुँदो रहेछ । यसैले नेपालकी तेरिया भनेर देशको नाम उचो बनाउन चाहन्छु ।’ तेरियाले भन्दै आएकी छिन । तेरिया ठूलो भएपछि नेपालका लागि आफ्नो सीप र कमाइ खर्चने सोचमा छिन् । त्यसकै लागि तेरिया मगर फाउन्डेसन खोलेकी छन् । आफूले डीआईडीमा पुरस्कार पाएको एक लाखबाट फाउन्डेसन सुरु गरेकी हुन् । कमाएको केही रकम अहिले पनि फाउन्डेसनमा लगाएकी छन् । ‘यसबाट केही साथीले सहयोग पाउनुभएको छ,’ उनले भनिन्, ‘अभिभावक गुमाएका र पढ्न नपाएकालाई पढाउने इच्छा छ । प्रतिभा भएका तर देखाउने अवसर नपाएकालाई पनि सहयोग गर्ने सोच छ ।नाच्ने, गाउने, खेल्नेजस्ता अतिरिक्त क्रियाकलापमा रुचि भएका तर गरिबी र अभिभावकको साथ नपाएका बालबालिकाको सहयोगका लागि फाउन्डेसन खोलेकी हुँ,’ तेरियाले भनिन् । फाउन्डेसनका अध्यक्ष उनकै हजुरबुवा कृष्णबहादुर फौजा मगर हुनुहुन्छ । उहाँले नै तेरियालाई सुरुमा नृत्य सिकाउन र अघि बढाउन सहयोग गर्नुभएको थियो ।

तेरिया पढाइमा पनि उत्तिकै ध्यान दिन्छिन् । नेपालमा सधैं कक्षा प्रथम हुने उनी अहिले मुम्बईमा कक्षा ८ मा पढ्दै छिन् । त्यहाँ पनि पाँचौं पोजिसन ल्याएकी छन् । डान्स सो देखाउँदा धेरै दिन पढाइ छुट्छ । त्यसलाई साँझ–बिहान र टयुसन कक्षा लिएर पूरा गर्ने गरेको तेरियाले बताइन् । एकपटक सिकाएको नबिर्सने खुबी तेरियामा छ । उनका बाबाआमाले अहिले मुम्बईमै बसेर तेरियालाई सघाइरहनुभएको छ ।तेरिया नेपालमा नेसनल डान्स कसम्पटिसनमा प्रथम भएकी थिइन् । नेपाल टेलिभिजनको डान्स सो ‘खोजी प्रतिभाको’ मा टपटेन भएकी थिइन् । गायनमा पनि तेरियाको राम्रो स्वर छ । फुर्सद भयो कि नाच्न थाल्ने तेरियाले ७ वर्षको उमेरदेखि नृत्य अभ्यास सिकेकी थिइन् । यसका लागि बिहान ५ बजे उठेर घरदेखि ४५ किलोमिटर टाढा बुटवलको बागेश्वरी संगीतालयमा दिनहुँ नृत्य सिक्न जान्थिन् ।बिहान ५ बजे निस्केकी तेरिया करिब साढे ९ बजे मात्रै घर पुग्थिन् । यसपछि स्कुल जान तयार हुन्थिन् । साँझ फर्केपछि गृहकार्य गर्थिन् । ‘मैले डान्स र पढाइ दुवैलाई यौटै प्राथमिकतामा राखेकी थिएँ,’ तेरिया भन्छिन्, ‘दुवैलाई महत्त्व दिएकाले दुवैमा फस्ट हुँदै गएँ ।’घाम, पानी, जाडो कुनै पनि समयमा उनले नृत्य सिक्न अल्छी गरिनन् ।

लक्ष्यमा पुग्न र सफलता हात पार्न कडा मिहिनेत चाहिने तेरिया बताउँछिन् । ‘डीआईडी’ र ‘झलक दिखला जा’ मा प्रतिस्पर्धी बनाउन मुम्बईमा दिनको १८ घण्टासम्म नाचें,’ उनले भनिन् । मुम्बईमा ज्याज, कथ्थक, म्याजिक एक्ट, क्रमपिड, यूजी एक्टजस्ता अतिरिक्त डान्स सिक्दा पनि निकै मिहिनेत गरेको उनले बताइन् ।तेरिया आफूजस्तै साथीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न आग्रह गर्छिन् । ‘कुनै पनि काममा असफल भए आत्तिने र सफल भए मात्तिने गर्नुहुँदैन,’ तेरियाले सुझाव दिइन्, ‘यसो भयो भने सफलता आफैं हात लाग्दै जान्छ ।’तेरिया भन्छिन्–‘अहिले नै फिल्म खेल्ने योजना छैन’
‘डीआइडी लिटिल मास्टर्स सिजन ३’की विजेता तेरिया मगर अहिले के गर्दैछिन् भन्ने कौतुहलता उनका फ्यानलाई होला । तेरिया नेपालमा भन्दा भारतमा नै बढी बस्ने भएकाले पनि उनको बारेमा खबर कम आउँछन्।

Related Articles

Back to top button
Close