समाचार

श्रीकृष्ण र दिलिपसँग पुष्पको तुलना

चलचित्र ‘मारुनी’को पहिलो गीत ‘जाम न माया जाम’ रिलिज भइसकेको छ । दीपक बज्रचार्यको स्वर तथा संगीतमा रहेको उक्त गीतमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर छन् । भिडियोमा प्रविण सिंहको नृत्य निर्देशन रहेको छ ।
उक्त गीतको भिडियोमा आएका अधिकांश प्रतिकृया नायक पुष्पको लागि छन् । धेरैले पुष्पको नृत्यको प्रशंसा गरिरहेका छन् । पुष्पको नृत्य कुनै बलिउड नायकको भन्दा कम नभएको भन्दै दर्शकले पुष्पलाई डान्सिङ स्टारको ट्याग दिएका छन् ।
कतिपय दर्शकले भने पुष्पलाई पूराना दुई कलाकार श्रीकृष्ण श्रेष्ठ र दिलिप रायमाझीसँग तुलाना गरेका छन् । कुनै समय नृत्यमा श्रीकृष्ण र दिलिपको नाम अग्रपन्तीमा आउथ्यो । त्यो स्थान पुष्पले लिन सक्ने दर्शको विश्वास छ ।

दर्शकबाट पाएको यो प्रतिकृयाबाट पुष्प पनि दंग छन् । आफूले गरेको मेहनतलाई दर्शकले रुचाएको उनको भनाई छ । उनले लामो समय नृत्य सिकेका थिए । उनले नृत्य प्रशिक्षकका रुपमा पनि काम गरिसकेका छन् ।
भदौ १३ गतेबाट रिलिज हुने यस चलचित्रमा पुष्प र साम्राज्ञीसँगै रेविका गुरुङको पनि मुख्य भूमिका रहेको छ । नवल नेपाल निर्देशित यस चलचित्रमा पुनम गौतमको लगानी रहेको छ ।

Related Articles

Back to top button
Close