समाचार

करिश्माले एसईईमा ‘बी’ प्लस ल्याउँदा दिपक राज गिरिले लेखे यस्तो स्टाट्स !

बिहीबार प्रकाशित एसईई परीक्षाको नतिजामा अभिनेत्री करिश्मा मानन्धरले राम्रो नतिजा ल्याएकी छिन् । अभिनेत्री मानन्धरले ‘बी’ प्लस ल्याएकी हुन् ।नतिजाअनुसार करिश्माले ३ ल्याएकी छन् ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका थिए ।
यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । गत १० चैतबाट २१ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा परीक्षार्थी छन् ।

यसै विषयमा नायिका करिश्मा मानन्धरलाई कलाकार दिपक राज गिरिले आफ्नो फेसबुक मार्फत बधाई दिएका छ्न । उनले लेखेको स्टाट्स जस्ताको त्यस्तै !
हाम्रो पालामा पढेर एसएलसि पास गर्न गार्हो
अहिले त पढाइ छोडौ रिज़ल्ट नै बुझ्न गाह्रो .. GPS ( gpa)A plus A .. b plus के के हो के के
करीश्माजी लगायत सम्पूर्ण see मा सफल हुनु हुने भाइ बहिनीहरूलाइ बधाइ …!!!यो पनि
‘गलबन्दी’ विवादमा शम्भु राई र प्रकाश सपुतबीच सहमति : शम्भुले नाम पाउने, दाम नपाउने
काठमाडौं । लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ ।

सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि सहमति भएको हो ।
सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ ।गलबन्दीले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिमा उल्लेख छ । सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको छ ।
सहमतिपत्रमा दुवैले हस्ताक्षर गरेका छन् । दुवै पक्षबीच भएको सहमतिपछि गलबन्दीको विवाद मिलेको छ ।

Related Articles

Back to top button
Close