समाचार

नेपालकै पहिलो सस्तो पसल जहाँ १० रुपैयामै पाइन्छ कपडा, किन्नेको लाग्छ यस्तो भीड (भिडियो

गोंगबु चोक देखि ठमेल जाने बाटो हुँदै १०० मि लागेपछि पुगिन्छ सुखावती स्टोर । हेर्दा सामान्य पसलजस्तै लाग्ने यहाँ जुत्ताचप्पल, कपडा, किताब, भाँडा, कम्प्युटर आदि उपयोगमा आउने सबै सामाग्री राखिएको छ । अन्य पसलभन्दा यो यसकारण पनि भिन्न छ कि यहाँ भएका सामाग्रीको मूल्य १० रुपैयाँबाट शुरु हुन्छ । सामानको गुणस्तर र अवस्था अनुसार त्यसभन्दामाथि मूल्य तोकिएको छ ।

बेच्न राखिएका सामान नयाँ भने होइनन् । सेकेण्ड ह्यान्ड हुन् । । प्रयोगमा आइसकेका पुराना तर, अझै पनि प्रयोग गर्न मिल्ने सामाग्रीहरु डोनेसनका रुपमा लिएर बेचिरहेको छ सुखावती स्टोरले
हाम्रो समाजमा अझै पनि एक तहका यस्ता व्यक्ति छन् जो दोहो-याएर लुगा र चप्पल लगाउँदैनन् । ग्याजेट र इलेक्ट्रोनिक्सका नयाँ मोडल र अप्ग्रेडेड भर्जन पर्खेर बस्छन् । घरलाई ‘न्यू लुक’ दिने भन्दै केही वर्ष प्रयोग गरेका पर्दा, कार्पेट, भाँडाकुँडा स्टोर रुममा थन्काउँछन् ।

त्यस्तै अर्को तह यस्तो पनि छ जसको शरीरले कैयौं हिउँद एउटै स्वीटर १० ठाउँ टालेर गुजारेको हुन्छ । जोसँग अत्यावश्यकीय आवश्यकता पूर्ति गर्ने कुनै उपाय हुँदैन । जसका सीमित आवश्यकता पनि ‘मन’ मा नै गुम्सिएर थन्किन्छन् । सुखावती स्टोरले त्यही तहका व्यक्तिको आवश्यकतालाई पूरा गरेको छ ।

प्रतीक्षा र उनको परिवार यसको ज्वलन्त उदाहरण हुन् । नयाँ लुगाको लागि दशैँ पर्खिने परिवारहरुको खुसी फर्काइदिएकोमा दङ्ग छन् चिजमान गुरुङ । यो नौलो अवधारणा नेपालमा भित्र्याउने सोच पनि उनै चिजमान को हो ।

कास्कीको सामान्य परिवारमा जन्मिएका उनी वैदेशिक रोजगारका क्रममा कोरिया पुगे ।करिब २ दशक भन्दा बढी समय कोरियामा बिताएका उनले यस्तो पृथक अवधारणा त्यहीँ सिकेको बताए । कमाउनका लागि भन्दा पनि सिक्नकै लागि झन्डै २ वर्ष कम पैसामा यस्तै स्टोरमा काम गरेको सुनाए ।

सुखावतीले सेकेण्ड ह्यान्ड सामान होइन सेकेण्ड लाइफ दिने चिजमानको भनाइ छ । ‘यहाँ पुराना सामानले नयाँ मालिक पाउँछन् र दबिएका रहरले पूरा हुने नयाँ बाटो’ मुस्कु्राउँदै चिजमान थप्छन्, ‘त्यसैले त यहाँ आउने मानिसले झोलामा सामान होइन खुसी भरेर लग्छन्’ ।

भिडियो

Related Articles

Back to top button
Close