समाचार

एसईई नतिजा : १०६ जनाको जीपीए ४

ज्ञानोदय मावि बाफलका धीरेन्द्र भट्टले एसईईमा जीपीए ४ ल्याएका छन् । ८२९००९२ सिम्बर नम्बर रहेका भट्टले उत्कृष्ट नतिजा आएकोमा खुसी व्यक्त गरे । उनले विज्ञान पढेर इन्जिनियर बन्ने लक्ष्य राखेका छन् । उनका बाबु प्रहरी सेवामा छन् । भट्टले नियमित २÷३ घण्टा पढेमा राम्रो नतिजा आउने बताए । उनले भने, ‘स्कुलबाट आएर २/३ घण्टा पढ्थें ।’

विद्यालयका शिक्षक विष्णु नेपालले धीरेन्द्र मिहनती र लगनशील विद्यार्थी भएको बताए । ‘नजानेको कुरा सोध्ने उनको बानी राम्रो छ’, उनले भने, ‘लगनशील र मेहनती पनि त्यत्तिकै छन् ।’
ज्ञानमन्दिर सेकेन्डरी स्कुल बालाजुका दीपेश अमगाईंले पनि ४ जीपीए ल्याएका छन् । उनको सिम्बल नम्बर ०३१८०६० डी हो । उनी पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको विद्यालयका शिक्षक बताउँछन् ।

प्रिन्सिपल रविन बस्नेतले पढाइअनुसार अमगाईंले नतिजा ल्याएको बताए ।
राजधानीबाट १०६ जना विद्यार्थीले जीपीए ४ ल्याएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेलले सामुदायिक विद्यालयको नतिजा सुधारोन्मुख रहेको दाबी गरे । आजकाे अन्नपूर्ण पोस्टमा समाचार छ ।

Related Articles

Back to top button
Close