समाचार

करिश्मा मानन्धर पास हुनुको कारण यस्तो रहेछ ‘बी प्लस’ ल्याएकी करिस्मा लाई बधाईको ओइरो…

काठमाडौँ-अभिनेत्री करिश्मा मानन्धर एसइइ परीक्षामा ३ जीपीए नम्बरसहित उत्तिर्ण भएकी छन्। २०७५ सालमा एसईई परीक्षा दिएकी करिश्मा ३ जीपीए नम्बरसहित उत्तिर्ण भएकी हुन् ।तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्।
उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्षको परीक्षामा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।त्यस्तै सांसद शान्ता चौधरीले पनि बी ग्रेड प्राप्त गरेर पास भएकी छन् ।

काठमाडौं । नायिका करिष्मा मानन्धरले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बी प्लस ल्याएकी छन् । आज नतिजा सार्वजनिक हुनेबित्तिकै आफूले पनि हेरेको उनले जानकारी दिइन। काठमाडौंको मैतीदेवी स्थित त्रिवेणी पब्लिक स्कुलमा अध्य यन गरेकी करिष्माले डिल्लीबजारमा रहेको विजय स्मारक मावि परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् ।
यसवर्ष चार लाख ५० हजार २७५ परीक्षार्थी परीक्षामा सामेल भएका थिए । प्रदेश दुईमा भने प्रश्नपत्र बाहिरिए पछि चैतको २२ गतेदेखि २९ गतेसम्म पुनः परीक्षा भएको थियो । बाँकी ६ वटा प्रदेशमा चैत १० देखि २१ गतेसम्म परीक्षा सञ्चालन भएको थियो। नायिका मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको बताएकि छिन ।

उनले अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया दिएकी छन् । आफू नजिताबाट हर्षित भएको भन्दै करिश्माले पढाइलाई अझै मिहेनतका साथ निरन्तरता दिने बताएकी छन। उनी विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षामा सहभागी भएकी हुन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीकी विद्यार्थी हुन् ।
अभिनेत्री करिश्मा मानन्धर केही वर्षयता फिल्म अभिनय बाट टाढा छिन् ।यद्यपि, हालै उनले फिल्म ‘जात्रै जात्रा’ को ‘माया पिरिम’ बोलको गीतमा ठुम्का लगाएकी थिइन् । तर, उनले फिल्ममा अभिनय भने गरेकी छैनन्। अफर आएका फिल्म पनि नकार्दै आइ रहेकी छिन् । करिश्मालाई अहिले बधाईको ओइरो आइरहेको छ ।

भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहि माथी लाग्यो गम्भिर आरोप
काठमाडौं। आफुलाई भ्रष्टाचार विरोधी अभियान्ताको रुपमा चिनाउँदै अभियान अगाडि बढाइरहेका नेपालका लागी नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहि माथि गम्भिर आरोप लागेको छ । पछिल्लो समय भ्रष्टाचार विरोधी अभियान्ताको रुपमा खरै रुपमा उत्रिएका शाहि माथी पश्चिमाहरुले प्रयोग गरेको एजेण्ट र २०४७ सालको संविधान व्युताउँन खोजेको आरोप लागेको छ ।

भ्रष्टाचार विरोधी अभियान्ताको रुपमा देशैभरी जागरण अभियान चलाउँने क्रममा सुर्खेतमा प्रहरीले पक्राउ गरेर दमन गरेपछि थप चर्चामा आएका शाहि माथी पश्चिमा देशको पैसा खाएर नेपालका लागी नेपाली अभियानका नाममा उल्टै नेपाल विरोधी काम गरिरहेको आरोप लागेको छ ।
अधिकांश व्यक्तिहरु सामाजिक संजालमा शाहिका पक्षमा बोलीरहँदा यस भित्रको डरलाग्दो खेल रहेको भन्दै हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहोरा ब्रम्हण्डले ज्ञानेन्द्र शाहिको भित्री खेल बारे बोलेका छन् । एक युटुव च्यालनमा अन्तवार्ताका क्रममा बोहोराले नेपालका लागी नेपाली अभियान २०४७ सालको संविधान व्युताउँनु पर्छ भन्नेहरुले सुरु गरेको र त्यसैमा शाहिको संलग्नता र सक्रियताले उनको नियत प्रष्ट हुने दावी गरे ।

नेपालका लगी नेपाली अभियानका अभियान्ता बालकृष्ण न्यौपाने राजावादी भएको र त्यसैमा लाग्ने ज्ञानेन्द्र शाहिलाई के भन्ने प्रश्न पनि बोहोराले गरेका छन् । बोहोराले नेपालका लागी नेपाली अभियानका अभियान्ता सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्यालहरुका पनि पोल खोलेका छन् । अहिले सो अभियानमा निकै जमेर लागेका अधिवक्ता सुरेन्द्र भण्डारी सिके राउतको पक्षमा वकलत गर्ने र सुडान घोटलामा मुछिएकाहरुका पक्षबाट वकालत गर्ने मान्छे कसरी यो देशको पक्षमा काम गर्ने मान्छे हुन सक्छन् भन्दै प्रश्न गरेका छन् ।
नेपालमा अस्थिरतामा खेल्न चाहनेहरुले ज्ञोनन्द्र शाहिहरुलाई प्रयोग गरेर देशमा अस्थिता मच्चाउँन खोजेको शंका गरेका छन् । ज्ञानेन्द्र शाहिलाई सुर्खेत कार्यक्रममा प्रहरीले दमन गरेको विषयमा पनि बोहोराले सुर्खेतमा दोस्रो कैलाली घटाउँन खोजिएको हुन सक्ने आशंका समेत गरेका छन् । पृष्ठभुमि नहेरीकन कसैको पनि पछि लाग्न नहुने भन्दै ज्ञानेन्द्र शाहि माथि सरकारले अनुसन्धान गरिनु पर्ने पनि बोहोराले माग गरेका छन् ।

प्रधामन्त्री केपी ओली माथी पनि खनिएका बोहोराले अहिले जेलमा हुन पर्ने मान्छे प्रधानमन्त्री भएको भन्दै उनले ओली माथी पनी एक एक हिसाब खोजीने बताए । हाम्रो पार्टी नेपाल बैधानिक विद्रोहको कार्यदिशा बोकेको भन्दै उनले परि आए बन्दुक उठाउँन पनि पछि नपर्ने बताए । ओलीलाई राजिनतिक भगौडा भन्दै उनले सरकार विरुद्ध सशक्त कदम चाल्ने चुनौती दिएका छन् । भिडियो हेर्नुहोस:

Related Articles

Back to top button
Close