समाचार

“मेरी बास्सै”मा देखियो १५ बर्ष मै होटल ब्यबसाय संचालकको बेजोड अभिनय हेर्नुहोस भिडियो

“मेरी बास्सै”मा देखियो १५ बर्ष मै होटल ब्यबसाय संचालकको बेजोड अभिनय हेर्नुहोस भिडियो
केहि गर्छु भन्नेलाई कामको कहिले पनि अभाब हुदैन भन्ने कुराको उदाहरण बनेका छन् दुइ बालक। १५ बर्षे २ बालकले गरेको स्वरोजगारले धेरैलाई प्रेरणा समेत दिने गरेको छ। सानै उमेरमा उनीहरुले गरेको कामलाइ सबैले तारिफ समेत गरेका छन्।
संघर्षलाइ जिबन मान्दै अघि बढी रहेका उनीहरु आफ्नो कामकै कारण अहिले सामाजिक संजालमा भाइरल हुदै गैरहेका छन्।भर्खर मात्र १५ बर्ष पुगेका २ दाजुभाइले गरेको ब्यबसाय र परिश्रमको राम्रो तारिफ भैरहेको छ। सानै उमेरमा पनि यी दाजुभाइ राजु र प्रबलले सबैको मन जितेका छन् ।

बालक हुदा देखिनै रामेछाप देखि भागेर काठमाडौ आएका उनीहरु अहिले मासिक लाखौ को कारोबार गर्छन त्यो पनि आफ्नै ब्यबसाय खोलेर। बाच्नका लागि संघर्ष गर्दै अघि बढिरहेका उनीहरु अहिले काठमान्डौ मा आफ्नै सानो होटल चलाएर लाखौको कारोबार गरिरहेका छन्।
उमेरका हिसाबले उनीहरुको ब्यबसाय ठुलो हो। आमाबाबुको काखमा बसेर फेसबुक र युत्युबमा झुनिरहेका उनीहरुकै उमेरका समुहलाइ उनीहरुको सफलताले गिज्याइरहेको भान हुन्छ। पढाइमा सफलता हासिल गर्न नसकेका उनीहरु आफ्नो पौरख कै कारण व्यवसायमा भने सफल बनिरहेका छन्।

कुनै समल मन्त्रालय भित्रको क्यान्टिन मा समेत काम गरेका उनीहरुले अहिले आफ्नो होटलमा ग्राहकको मन जितिरहेका छन्।काठमाडौं आए देखि विभिन्न होटल तथा क्यान्टिनमा सिकेको कुक कामलाइ अहिले उनीहरुले आफ्नो पेसा बनाएका छन्।
फेसबुक मा खासै नाझुन्दिने उनीहरु काममै तल्लिन देखिन्छन । आफुले विभिन्न ठाउमा काम गरेको पैसा जम्मा गरेर करिब १ लाख ५० हजारको उनिह्हरुले अहिले आफ्नो होटलमा लगानी गरेका छन्। आफ्नो कर्मले सबैको मन जितिका यी दुइ भाइ हास्य टेलिशृंखला मेरी बास्सैमा समेत देखिएका छन् ।

भिडियो हेर्नुहोस्…

Loading...

Related Articles

Back to top button
Close