काठमाडौँमा महिलामाथि सुई आतंक, कारबाही गर्न नविनाको माग

Sharing is caring!

काठमाडौँ, ९ असार । काठमाडौंमा केही सातायता फैलिएको सुई आतंकबारे संसद्‍मा पनि कुरा उठेको छ ।
नेकपा सांसद नविना लामाले महिलामाथि सुई रोपी आतंक फैलाइएको भन्दै संलग्नमाथि कडाभन्दा कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकको शुन्य समयमा बोल्दै सांसद लामाले भनिन्, ‘आजभोलि काठमाडौं उपत्यकामा अज्ञात समूहले महिलामाथि सुई रोपी आतंक फैलाउँदै हिँडेका छन् । यसले महिलाको सुरक्षामाथि गम्भीर चुनौती खडा भएको छ । महिलालाई सुरक्षित महसूस हुने वातावरण तयार गर्न सुई प्रहारमा संलग्नलाई तत्काल कानूनको दायरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न माननीय गृहमन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु ।’

यद्यपि महिलामाथि प्रहार भएको उक्त वस्तु सुई नै हो कि अन्य कुनै धातु भन्ने पुष्टि हुन सकेको छैन । प्रहरीले यसको अनुसन्धान गरिरहेको जनाएको छ ।
थै उनले समता अस्पतालमा मृत भेटिइएकी विमला तामाङको रहस्यमय मृत्युभ उको विषयमा सत्यतथ्य पत्ता लगाउन गृहमन्त्री रामबहादुर थापा बादलसँगम ाग गरेकी छन् ।

You may have missed