समाचार

गलबन्दीकी चर्चित अन्जलीको अर्को आयो यति धेरै रोमाञ्चक भिडियो, केही समयमा नै भाइरल [भिडियोसहित]

काठमाडौ । पछिल्लो समय मोडल अन्जली अधिकारी नचिन्ने सायद कमै होलान् । उनी गलबन्दी र यसअघिको बोल माया गीतबाट खुबै चर्चित छिन् । उनको रुपसँगै अभिनयले सबैलाई मन्त्रमुग्ध बनाएको छ ।

गलबन्दीको अपार सफलतापछि विगत १२ वर्षदेखि लोक तथा दोहोरी गीत क्षेत्रमा क्रियाशिल गायक रामकुमार कार्कीको पछिल्लो सिर्जनामापनि मोडल अन्जली अधिकारी नै देखिएकी छिन् । यो गीत बजारमा आएको छ । बिहीबार आफ्नै युट्युव च्यानलबाट ‘कोईली चरी’ बोलको गीत रिलिज गरिएको हो ।

रामकुमार कार्की युट्युव च्यानलबाट रिलिज गरिएको यस गीतमा मोडल अन्जली अधिकारी र रामचन्द्र बोहोरा फिचर भएका छन् । रामकुमारलाई फिमेल भोकलमा कमला खड्काले साथ दिएकी छिन् ।

डान्सिङ विटमा आधारित यो गीत दर्शक तथा श्रोताले रुचाउनेमा गायक रामकुमार आशावादी छन् । उनले भने, ‘पछिल्लो समय सापेक्ष गीत लिएर आएको छु । भिडियोमा निकै मिहेनत गरेका छौ ।’ सार्वजनिक यस गीतमा नवराज दाहालको शब्द तथा संगीत रहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

Loading...

Related Articles

Back to top button
Close